बद्रीप्रसाद दाहाल ‘भस्मासुर’मात्र गर्छौ प्रशंसा
ठान्छन् रे वस्तुजस्तै नरपन सकिदै गर्छ हत्या र हिंसा नारीको मूल्य नाप्ने अधम दनुज हो, मात्र गर्छौ प्रशंसा ।
गर्छन् तिघ्रे प्रशंसा, मुखमुख यसरी, मख्ख पार्दै धरामा
जोत्छन् चैते हुरी वा झमझम जलमा, दङ्ग पार्दै गरामा
दिन्छन् लक्ष्मी र देवी, सरस्वति उपमा, उर्वशी स्वर्गकी हौ
भर्दै बोक्रे प्रशंसा तनमन उनको, लुट्नमा मख्ख हुन्छौ ।१।
आमा जाया सुता वा, घर परिसरकी, जूनकी ज्योति नारी
बैनी साली दिदी वा, पर थर घरकी, सिर्जना ज्योति नारी
छाता गाता र खाता, बनिकन घरकी, प्राणकी पुञ्ज प्यारी
चम्पा बेली चमेली, अनुपम उपमा, प्रेमकी कुञ्ज नारी ।२।
काली वाणी र लक्ष्मी, त्रिबल फल तिमी, ज्ञान सम्पत्ति शान्ति
निन्द्रा तन्द्रा अविद्या, तिमिर कलुषता भाँच्न सक्ने छ भ्रान्ति
साथी हुन् साथ दिन्छिन्, गुरु प्रवर अहा, ज्ञानकी पाठशाला
साँचोताला र पाला, जगत जय हुने, उच्च हुन् हैमशाला ।३ ।
पार्दै दङ्दास टाढा पर मुलुक लगी, बेच्न वा किन्न तम्से
नारीका अस्मितामा खल-बल कतिले, बाघ भै क्रुर झम्टे
ठान्छन् रे वस्तुजस्तै नरपन सकिदै गर्छ हत्या र हिंसा
नारीको मूल्य नाप्ने अधम दनुज हो, मात्र गर्छौ प्रशंसा ।४।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































