सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राजनीतिको भ्यासेक्टोमी

Nepal Telecom ad

नीति बिनाको हाम्रो राजनीति
बढ्दैछ आकार भयो भ्रष्टनीति
नेता भए कलुषित बिकार प्रिती
रुवाएर जनता भर्दैछन खल्ती ।

यो राजनीति झगडाको घर
गरौ भ्यासेक्टोमी हुने छ भर
बढ्दो प्रदूषण छ यो देशभित्र
देखिन्छ प्रष्ट काम विचित्र ।

यो राजनीति बनेका छ खोल
चोक्टा हराउँछ बाँकी छ झोल
डुब्छन धेरै नै भो कुरा नखोल
बनाएर आफ्नै मादल र ढोल ।

नियन्त्रण छैन कतै राजनीतिको यता
समातेर गर्नै पर्छ भ्यासेक्टोमी उता
मनपरी भो राजनीति देस खाने किरा
गर्नुपर्छ भ्यासेक्टोमी अब एक फेरा ।

सन्तान धेरै राजनीति भित्र
कुुकुर बिराला सरी विचित्र
भ्यासेक्टोमीले रोकिन्छ जन्म
यो राजनीति घट्नेछ सम्म ।

संस्कार खायो बढ्यो विकृति
विकार भित्रै हुक्र्यो राजनीति
फोस्रो छ कुरा भोेका छ पेट
राजनीति सित हुनेछ भेट ।

भोका र नाङ्गा रोएका अति नै
यो राजनीति छाडा भो अति नै
संख्या अति भो थाम्देन देसले
गरौँ भ्यासेक्टोमी मिलेर सबले ।

शिशा फुटेझैँ फुटेर हिँडेका
एक्लो गगनमा मैमत्ता भएका
जनता लडाएर मान्दैछ न्यानो
गरौँ भ्यासेक्टोमी जाँदैन गानो ।

माटो छ उर्वर प्रकृति छ सुनको
खाँदैछ भित्र रजाईँ छ घुनको
घटाउँ साँढेका अतिवाद हुल
नगरेर भ्यासेक्टोमी हुनेछ भूल ।

यहाँ सेतो परेवा सेतो छ हात्ती
च्याउ सरी देखिन्छ राजनीति
तिर्दै छौँ हामी करको छ भार
गरौँ भ्यासेक्टोमी रोकेर प्यार ।

उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे
आलु नफल्ने ठालुको तालु

आलु नफल्ने ठालुको तालु

माधव पोखरेल गोज्याङ्ग्रे
विदेशिएको पोइलाई मुसीमायाको लभ लेटर

विदेशिएको पोइलाई मुसीमायाको लभ...

माधव पोखरेल गोज्याङ्ग्रे
बाटुले घर र पिँडाली बा

बाटुले घर र पिँडाली...

माधव पोखरेल गोज्याङ्ग्रे
नाक बिनाको नक्कचरो

नाक बिनाको नक्कचरो

माधव पोखरेल गोज्याङ्ग्रे
सिद्धान्त नाली गए

सिद्धान्त नाली गए

माधव पोखरेल गोज्याङ्ग्रे
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल