साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिको भ्यासेक्टोमी

Nepal Telecom ad

नीति बिनाको हाम्रो राजनीति
बढ्दैछ आकार भयो भ्रष्टनीति
नेता भए कलुषित बिकार प्रिती
रुवाएर जनता भर्दैछन खल्ती ।

यो राजनीति झगडाको घर
गरौ भ्यासेक्टोमी हुने छ भर
बढ्दो प्रदूषण छ यो देशभित्र
देखिन्छ प्रष्ट काम विचित्र ।

यो राजनीति बनेका छ खोल
चोक्टा हराउँछ बाँकी छ झोल
डुब्छन धेरै नै भो कुरा नखोल
बनाएर आफ्नै मादल र ढोल ।

नियन्त्रण छैन कतै राजनीतिको यता
समातेर गर्नै पर्छ भ्यासेक्टोमी उता
मनपरी भो राजनीति देस खाने किरा
गर्नुपर्छ भ्यासेक्टोमी अब एक फेरा ।

सन्तान धेरै राजनीति भित्र
कुुकुर बिराला सरी विचित्र
भ्यासेक्टोमीले रोकिन्छ जन्म
यो राजनीति घट्नेछ सम्म ।

संस्कार खायो बढ्यो विकृति
विकार भित्रै हुक्र्यो राजनीति
फोस्रो छ कुरा भोेका छ पेट
राजनीति सित हुनेछ भेट ।

भोका र नाङ्गा रोएका अति नै
यो राजनीति छाडा भो अति नै
संख्या अति भो थाम्देन देसले
गरौँ भ्यासेक्टोमी मिलेर सबले ।

शिशा फुटेझैँ फुटेर हिँडेका
एक्लो गगनमा मैमत्ता भएका
जनता लडाएर मान्दैछ न्यानो
गरौँ भ्यासेक्टोमी जाँदैन गानो ।

माटो छ उर्वर प्रकृति छ सुनको
खाँदैछ भित्र रजाईँ छ घुनको
घटाउँ साँढेका अतिवाद हुल
नगरेर भ्यासेक्टोमी हुनेछ भूल ।

यहाँ सेतो परेवा सेतो छ हात्ती
च्याउ सरी देखिन्छ राजनीति
तिर्दै छौँ हामी करको छ भार
गरौँ भ्यासेक्टोमी रोकेर प्यार ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x