साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपाल साँच्चै भयो !!

राजा एक थियो, सयौँ किसिमका राजा यहाँ देखिए ! रैछन् रावण पो र ! देश सुनकै यिन्ले बनाईदिए !

Nepal Telecom ad

गाउँ गाउँ पुग्यो उडेर सजिलै त्यो सींहदर्बार रे !
झुप्राका हलिया, किसान, भरिया सारा त्यसैमा सरे !!
कोही छैन गरीब भोजन, लुगा, शिक्षा निशुल्कै भयो ।
देखेथ्यौ सपना तिमी अघि ! नयाँ नेपाल साँच्चै भयो ।।

कोही जान्न विदेश, देशभरमै उद्योग छन् ठुल्ठुला
पुग्दा पाइप ग्यासका घरघरै बल्छन् सबैका चुला !
दौड्यो रेल विमान तुल्य छरितो क्या क्या चमत्कार भो !
स्वर्गै हो, म त दङ्ग पर्दछु, नयाँ नेपाल साँच्चै भयो ।।

कालीबाट निकालि दिव्य बिजुली बेच्छौँ छिमेकीकन
खानीबाट फलाम, तेल, सुनकै थुप्र्याइराख्छौँ धन
आयातै नगरे हुने अब भयो, ठुलो समस्या गयो !
हामी छौँ सब आत्मनिर्भर ! नयाँ नेपाल साँच्चै भयो ।।

बुच्चे छन् जनता सबै, मुलुकको चुच्चे छ नक्सा तर !
बोक्सी, छाउप्रथा, छुवाछुत सबै छर्लङ्ग ! छूः मन्तर !!
भ्रष्टाचार हटेर निर्मुल भयो त्यो कोशबाटै गयो ।
आहा क्या रमणीय ! सुन्दर !! नयाँ नेपाल साँच्चै भयो ।।

पैलेका अति ब्रम्हशत्तुरहरू भाइ भए रे सब !
कोही छैन गधा नुहाई दुधले गाई भए रे अब !!
गर्दैनन् झगडा लडाइँ लडने खेलो उहिल्यै गयो ।
कस्तो सुन्दर शान्त देश छ ? नयाँ नेपाल साँच्चै भयो ।।

राजा एक थियो, सयौँ किसिमका राजा यहाँ देखिए !
रैछन् रावण पो र ! देश सुनकै यिन्ले बनाईदिए !!
झुक्किन्छन् बुझ राम देश नचिनी लङ्का फिका भैगयो !
स्विट्जर्ल्यान्ड बनेछ रे अब ! नयाँ नेपाल साँच्चै भयो ।।

रुरुक्षेत्र – ५, सुन्डाडा, गुल्मी
फोन नं. ९८४७२१६७७७

(गोकर्णेश्वर न.पा.द्वारा चैत १८ गते आयोजित राष्ट्रिय हास्यव्यङ्ग्य कविता प्रतियाेगितामा सान्त्वना पुरस्कार प्राप्त)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x