सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ नेपाल साँच्चै भयो !!

राजा एक थियो, सयौँ किसिमका राजा यहाँ देखिए ! रैछन् रावण पो र ! देश सुनकै यिन्ले बनाईदिए !

Nepal Telecom ad

गाउँ गाउँ पुग्यो उडेर सजिलै त्यो सींहदर्बार रे !
झुप्राका हलिया, किसान, भरिया सारा त्यसैमा सरे !!
कोही छैन गरीब भोजन, लुगा, शिक्षा निशुल्कै भयो ।
देखेथ्यौ सपना तिमी अघि ! नयाँ नेपाल साँच्चै भयो ।।

कोही जान्न विदेश, देशभरमै उद्योग छन् ठुल्ठुला
पुग्दा पाइप ग्यासका घरघरै बल्छन् सबैका चुला !
दौड्यो रेल विमान तुल्य छरितो क्या क्या चमत्कार भो !
स्वर्गै हो, म त दङ्ग पर्दछु, नयाँ नेपाल साँच्चै भयो ।।

कालीबाट निकालि दिव्य बिजुली बेच्छौँ छिमेकीकन
खानीबाट फलाम, तेल, सुनकै थुप्र्याइराख्छौँ धन
आयातै नगरे हुने अब भयो, ठुलो समस्या गयो !
हामी छौँ सब आत्मनिर्भर ! नयाँ नेपाल साँच्चै भयो ।।

बुच्चे छन् जनता सबै, मुलुकको चुच्चे छ नक्सा तर !
बोक्सी, छाउप्रथा, छुवाछुत सबै छर्लङ्ग ! छूः मन्तर !!
भ्रष्टाचार हटेर निर्मुल भयो त्यो कोशबाटै गयो ।
आहा क्या रमणीय ! सुन्दर !! नयाँ नेपाल साँच्चै भयो ।।

पैलेका अति ब्रम्हशत्तुरहरू भाइ भए रे सब !
कोही छैन गधा नुहाई दुधले गाई भए रे अब !!
गर्दैनन् झगडा लडाइँ लडने खेलो उहिल्यै गयो ।
कस्तो सुन्दर शान्त देश छ ? नयाँ नेपाल साँच्चै भयो ।।

राजा एक थियो, सयौँ किसिमका राजा यहाँ देखिए !
रैछन् रावण पो र ! देश सुनकै यिन्ले बनाईदिए !!
झुक्किन्छन् बुझ राम देश नचिनी लङ्का फिका भैगयो !
स्विट्जर्ल्यान्ड बनेछ रे अब ! नयाँ नेपाल साँच्चै भयो ।।

रुरुक्षेत्र – ५, सुन्डाडा, गुल्मी
फोन नं. ९८४७२१६७७७

(गोकर्णेश्वर न.पा.द्वारा चैत १८ गते आयोजित राष्ट्रिय हास्यव्यङ्ग्य कविता प्रतियाेगितामा सान्त्वना पुरस्कार प्राप्त)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
भिटामिन एम

भिटामिन एम

काशीनाथ मिश्रित
प्रजातन्त्र दिवस !

प्रजातन्त्र दिवस !

काशीनाथ मिश्रित
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम