साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यही गर्छु बिन्ती

न खाना पुर्‍यायौ सयौँ भोकमा छन् यहाँ काम हुन्नन् सबै तोकमा छन् । हुँदा देश नाङ्गो न टालो जुटायौ सयौँ स्वप्न बाड्यौ सिसाझैँ टुटायौ ।

Nepal Telecom ad

कथा के सुनाऊँ व्यथा बल्झिँदै छन्
बढून् पाइला के यतै अल्झिँदै छन् ।
नयाँ हैन सुन्नूस् पुरानै कहानी
जहाँ घाम झुल्किन्न हुन्छन् बिहानी ।।१।

युवा देश छोडी पुगे दूर आज
छ एक्लो बनेको कठै यो समाज ।
मिलोस् रोजगारी यहीँ गर्छु धामा
भनी रुन्छ छोरो उता जान्नँ आमा ।।२।

न उद्योग चन्ल्छन् न ता चल्छ धन्दा
बढेको छ सास्ती प्रणाली नबन्दा ।
नयाँँ वाद ल्यायौँ भन्यौ खै कहाँं छ
भुल्यौ सर्वहारा र दुःखी जहाँ छ ।।३।

न खाना पुर्‍यायौ सयौँ भोकमा छन्
यहाँ काम हुन्नन् सबै तोकमा छन् ।
हुँदा देश नाङ्गो न टालो जुटायौ
सयौँ स्वप्न बाड्यौ सिसाझैँ टुटायौ ।।४।

हुँदा एक भान्से मिलाएर बाँड्थे
भए धेर भान्से सधैंँ र्‍याल काढ्ने ।
यता टाल्न खोज्यो उता पर्छ प्वाल
भयो देशको यो अवस्था कराल ।।५।

भयो स्वार्थ हाबी यही लाग्छ प्यारो
बन्यो देश नेपाल झन्झन् अँध्यारो ।
विनास्वार्थ कोही गरोस् राजनीति
भुल्यौँ मूल्य आफ्नो र ल्यायौँ कुरीति ।।६।

खने स्वणर् देला धरा मग्मगाई
नधाऊन् युवा राहदानी समाई ।
फुकाएर गाँठो गरौँ छैन गन्ती
भनौँ देश प्यारो यही गर्छु बिन्ती ।।७।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल

मोबाइल

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x