साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुस्याहाहरूको भाषण खुल्ला सडकमा

तिम्रो नक्कली आधुनिकता तिम्रो नक्कली सभ्यता तिम्रो नक्कली धनाढ्यता तिम्रो नक्कली ओजस्विता सबै सबै पोको पारेर सडकमा एक्लै ओर्लेर त हेर !

Nepal Telecom ad

बिहानै सडकमा भुस्याहाहरूको आमसभा देखें

मैले पनि केही लेखें

भुस्याहाहरू भन्छन् –
ए ! घाँटीमा टाई बाँधेका
मालिकका कुकुरहरू हो !
सडकमा एक्लै ओर्लेर त हेर !

मालिका पाउमा लुटपुटिएर
मालिक्नीका ओछ्यानमा पसारा परेर
गनाउँने तेल घसेर
कौशी र बरण्डाबाट हामीलाई भुक्नेहरू
सडकमा एक्लै ओर्लेर त हेर !

खान त तिम्ले खायौ होला मिठो
तर
हामी जति बलिया छैनौ
मालिकको आनन्दका निम्ति पालिएका तिमीहरू
खुला संसारमा भिड्न सक्दैनौ
कहिले काहीं मालिकको बन्धनमा डोरिएर
गनाउँने झोल पिएर
संसार हेर्न हिंडे झैं फूर्ति गर्छौ
मार्सिडिज बेन्च कारको पछिल्लो सीटमा बसेर
स्वर्ग पुगे झैं मख्ख पर्छौ
तर
जति दम्भ गरे पनि
हामीले जति धर्ति तिमीले टेकेको छैन
हामीले जति संसार तिमीले देखेको छैन ।

खुला यौनको खुला संसारमा
हामी झुण्ड झुण्ड भएर डुलीरहन्छौं
मुक्त आकाशको छानु मुनि
स्वतन्त्रताका साथ भुलीरहन्छौं
तर तिमी
बन्धनको साङ्ग्लोमा बाँधिएर
कृत्रिम तालिममा साँधिएर
आफ्नु पुरै स्वतन्त्रता गुमाएर
ख्याङ् ख्याङ् ख्याङ् ख्याङ्
मालिकको भजन गाउँनेहरू
मालीककै निर्देशनमा जोरखुट्टा बजाउँनेहरू
जति आधुनिक भए पनि हामी जति स्वतन्त्र छैनौ
जति सोफासिन भए पनि हामी जति संसार देख्दैनौ

कतै पप्पी कतै पिन्टु
कतै टोनी कतै जिन्टु
जुनसुकै अंग्रेजी नाम राखे पनि
कचौरा दुध बिस्कुट र टुक्राटुक्री मासु चाखे पनि
जतिसुकै सुकिलो भएर बसेपनि
जतिसुकै खुश्बु तेल घसेपनि
कात्तिक हामीलाई लाग्छ
हामी उन्मुक्त छौं
बारीका बाख्रा र खोरका कुखुरा
मौका पारेर भक्षण गर्छौं
दौडिन्छौं उफ्रिन्छौं नाच्छौं र ढौंटारी मार्छौं
हामी स्वतन्त्र छौं ।

हामी भुक्ता पुरै टोल थर्कन्छ
बन्द कोठाभित्र तिमी कुईंकिंदा
तिम्रो आफ्नै मालिक पनि झर्कन्छ
तिम्रो नक्कली आधुनिकता
तिम्रो नक्कली सभ्यता
तिम्रो नक्कली धनाढ्यता
तिम्रो नक्कली ओजस्विता
सबै सबै पोको पारेर
सडकमा एक्लै ओर्लेर त हेर !
ए ! घाँटीमा टाई बाँधेका मालिकका कुकुरहरू हो !

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x