साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वागत छ सूर्यकुमारी तिमीलाई

तिम्रो रङ हाम्रोतिर चल्दैन तिम्रो विचार हाम्रोतिर बिक्दैन सक्छ्यौ आफूलाई परिवर्तन गरेर यतै बस्नू सक्दिनौ यताको नबिगारीकन बेलैमा बिदा हुनू ।

Nepal Telecom ad

बाँझो जमीन जोतेर
हामीले अन्न फलाएका छौँ
पहरालाई फोरेर
हामीले पानी ल्याएका छौँ
बाँदरहरूसँग जुधेर
हामीले घर जोगाएका छौँ
तिमी ठ्याक्कै खाने बेलामा आयौ
तिमी ठ्याक्कै आराम गर्ने बेलामा आयौ
तिमी यस्तो बेलामा आयौ कि
वस्तीमा यतिका धेरै घरहरू छन्
तिमी हाम्रै घर भनेर आयौ
यति राति तिमीलाई कहाँ पठाउनु !
स्वागत छ सूर्यकुमारी तिमीलाई ।

आउनासाथ मीठोमीठो नखोज्नू
पहिला खेतबारीमा काम गर्नू
एटेच्ड बाथरुम र एसी भएको कोठा नखोज्नू
पहिला पिँढीमै बस्नू
चारैतिर फोहर छ
बाहिरदेखि भित्रसम्म सबैतिर सफा गर्नू
घरका सदस्यहरूको मन जित्नू
धेरै जान्नेसुन्ने नबन्नू
उताको फूर्तीफार्ती यता नदेखाउनू
हाम्रो घरको रीति रिवाज राम्रोसँग बुझ्नू
हामी त आगोमा पोलिएर आएका मान्छे हौँ
हामी त बाढीमा हेलिएर आएका मान्छे हौँ
घर मालिकलाई रिझाए पुगिहाल्छ नि भन्ने नठान्नू
आफ्नो ठाउँमा बस्नू
आफ्नो हैसियतमा बस्नू
यताको कोर्स राम्रोसँग पढ्नू
स्वागत छ सूर्यकुमारी तिमीलाई ।

तिमीसँग अब्बल सीप छ
यो कुरा हामीलाई थाहा छ
तिमी अरूलाई लट्ठ पार्न सक्छ्यौ
यो पनि हामीलाई थाहा छ
हामी त राता रङ्का मान्छे हौँ
हामी त राता विचारका मान्छे हौँ
तिम्रो रङ हाम्रोतिर चल्दैन
तिम्रो विचार हाम्रोतिर बिक्दैन
सक्छ्यौ आफूलाई परिवर्तन गरेर यतै बस्नू
सक्दिनौ यताको नबिगारीकन बेलैमा बिदा हुनू
जे भए पनि आइहाल्यौ स्वागत छ सूर्यकुमारी तिमीलाई ।

२०७८ चैत्र २४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x