सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वागत छ सूर्यकुमारी तिमीलाई

तिम्रो रङ हाम्रोतिर चल्दैन तिम्रो विचार हाम्रोतिर बिक्दैन सक्छ्यौ आफूलाई परिवर्तन गरेर यतै बस्नू सक्दिनौ यताको नबिगारीकन बेलैमा बिदा हुनू ।

Nepal Telecom ad

बाँझो जमीन जोतेर
हामीले अन्न फलाएका छौँ
पहरालाई फोरेर
हामीले पानी ल्याएका छौँ
बाँदरहरूसँग जुधेर
हामीले घर जोगाएका छौँ
तिमी ठ्याक्कै खाने बेलामा आयौ
तिमी ठ्याक्कै आराम गर्ने बेलामा आयौ
तिमी यस्तो बेलामा आयौ कि
वस्तीमा यतिका धेरै घरहरू छन्
तिमी हाम्रै घर भनेर आयौ
यति राति तिमीलाई कहाँ पठाउनु !
स्वागत छ सूर्यकुमारी तिमीलाई ।

आउनासाथ मीठोमीठो नखोज्नू
पहिला खेतबारीमा काम गर्नू
एटेच्ड बाथरुम र एसी भएको कोठा नखोज्नू
पहिला पिँढीमै बस्नू
चारैतिर फोहर छ
बाहिरदेखि भित्रसम्म सबैतिर सफा गर्नू
घरका सदस्यहरूको मन जित्नू
धेरै जान्नेसुन्ने नबन्नू
उताको फूर्तीफार्ती यता नदेखाउनू
हाम्रो घरको रीति रिवाज राम्रोसँग बुझ्नू
हामी त आगोमा पोलिएर आएका मान्छे हौँ
हामी त बाढीमा हेलिएर आएका मान्छे हौँ
घर मालिकलाई रिझाए पुगिहाल्छ नि भन्ने नठान्नू
आफ्नो ठाउँमा बस्नू
आफ्नो हैसियतमा बस्नू
यताको कोर्स राम्रोसँग पढ्नू
स्वागत छ सूर्यकुमारी तिमीलाई ।

तिमीसँग अब्बल सीप छ
यो कुरा हामीलाई थाहा छ
तिमी अरूलाई लट्ठ पार्न सक्छ्यौ
यो पनि हामीलाई थाहा छ
हामी त राता रङ्का मान्छे हौँ
हामी त राता विचारका मान्छे हौँ
तिम्रो रङ हाम्रोतिर चल्दैन
तिम्रो विचार हाम्रोतिर बिक्दैन
सक्छ्यौ आफूलाई परिवर्तन गरेर यतै बस्नू
सक्दिनौ यताको नबिगारीकन बेलैमा बिदा हुनू
जे भए पनि आइहाल्यौ स्वागत छ सूर्यकुमारी तिमीलाई ।

२०७८ चैत्र २४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’