साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी घोषणा पत्र

कस्तो लाग्यो त हाम्रो चुनावी घोषणा पत्र के भन्नु भो, यति धेरै गर्न सम्भव छ र ? गफै त हो सम्धी, भन्दिँदा बाउको के जान्छ र ?

Nepal Telecom ad

विदेशको बाटो हेरेर नबस्नोस्
आफ्नो खेतबारीमा पस्नोस्
हामी बिउ दिन्छौं, मल दिन्छौं
सिंचाईका लागि जल दिन्छौं

सक्दो गर्नोस् उत्पादन
बढि भए हामी किन्दिन्छौं
नत्र छिमेकीलाई किन भन्दिन्छौं

बिचौलियालाई पस्न दिँदैनौं
सर्प बनेर डस्न दिँदैनौं
हामी गर्छौं तपाईंको सुरक्षा

खेति गर्नोस् वा उद्योगधन्दा खोल्नोस्
साइत हेर्नै पर्दैन, आजैबाट थाल्नोस्
कति चाहिन्छ ऋण भन्नोस्
कसैको बाँधा नबन्नोस्

शिक्षा स्वास्थ्य हाम्रो जिम्मा भो
कलेजसम्मको पढाई निशुल्क गर्छौं
कुनै पनि नाममा पैसा तिर्नु पर्दैैन
स्वास्थ्य सेवा पनि निशुल्क गर्छौं
कोहि उपचार नपाएर मर्नु पर्दैन

छोराछोरी भेटेर सम्झाउँछौं मनाउँछौं
जिम्मा लाउंँछौं तिनका बाबु आमा तिनैलाई
र बृद्धाश्रम भत्काएर अस्पताल बनाउँछौं

केटाकेटी बृद्धबृद्धा र अपाङ्गलाई
हरेक कुरामा छुट दिन्छौं
उनीहरूको जिम्वेवारी लिन्छौं
आधा आकाश ढाक्ने महिलाहरूसँग
हातेमालो गरेर हिँड्छौं

बलत्कारीलाई मृत्युदण्डको कानुन ल्याउँछौं
भ्रष्टाचारीको सम्पति राज्यको बनाउँछौं
यातायात र भन्सारमा कर घंटाउँछौं
सामाजिक सुरक्षा भत्ता बढाउँछौं

सिंगो देश वाईफाई फ्रि जोन हुनेछ
बिजुलीको विलमा आधा छुट दिन्छौं
पानी त निशुल्कै भो
हरेकलाई रोजगारी दिन्छौं
यो हाम्रो बाचा भो

रेल, जहाज, र स्मार्टसिटिका कुरा पुराना भए
अब गाउँका हरेक डाँडांलाई केबुलकारले जोड्ने
र स्वदेशमै एउटा अन्तरिक्ष केन्द्र बनाएर छोड्ने हो

स्थानिय निर्वाचनको मुखैमा छौं हामी
छिट्टै सङ्घ र प्रदेशको चुनाव पनि आउँदैछ
कस्तो लाग्यो त हाम्रो चुनावी घोषणा पत्र
के भन्नु भो, यति धेरै गर्न सम्भव छ र ?
गफै त हो सम्धी, भन्दिँदा बाउको के जान्छ र ?

हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x