साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता हजुर नै हो विजेता

खानु न पिउनु जनताको टाउकोमा लाठीचार्जको चिनु, नेता उक्लन्छ सत्ताको लिस्नु । बाघको छालामा स्यालको दाइँ ।

Nepal Telecom ad

‘उत्तम खेती मध्यम व्यापार भनिन्थ्यो’ तर यथार्थमा ‘सर्वोत्तम राजनीति उत्तम व्यापार र अधम खेती’ हुँदो रहेछ । आफू खोले खाएर अर्कालाई चामलको भात खुवाउने, एककाइसौँ शताब्दीको स्वपकारी समयमा पनि परोपकारको पछि लाग्ने पकभुत्तोहरूको पेशा अधम मात्र होइन खतम हुन्छ अब .!

राजनीति कमिसन र चन्दाले मौलाउँछ व्यापार दुई नम्बरी धन्दाले मौलाउँछ, खेतीमा न कमिसन न चन्दा, असिना पसिना र खडेरी मात्र । नेता र व्यापारी साँठ गाँठ गरेर आचीको मूला मौलाउँछ, विचरा च्याखुरे किसान पिलपिलाउँदो पिलन्धरे भएर ओइलाउँछ ।

संसारको सबैभन्दा सजिलो शान्दार र मालामाल बन्ने पेशा नै राजनीति हो । न लगानी, न हैरानी, वक्तव्य र भाषणको खेती गरे पुग्ने कति सजिलो पेशा,काम गर्न अल्छीलागे जोगी हुनु भन्थे तर म भन्छु काम गर्न अल्छी लागे नेता भए हुन्छ । जाँगर न चलाइकन खानेबेलामा नाकमुनिको ओढार आँ… गरेर बाउन पनि पाइने, धन्दा नगरीकन चन्दा बटुल्न पनि पाइने, मामाको घोडा चढेर संसार डुल्न पनि पाइने, मीतको भरमा छोरो पाल्न पनि पाइने मात्र नभएर नातिको न्वारन गर्न पनि पाइने, सरकारी सम्पतीले फुपूको सरात गर्न पनि पाइने, थोत्रो गाला बजाएर झोली भर्न पनि पाइने, कालुलाई काम लागाएर आफू ठालु बनी नाक ठड्याउन पनि पाउने, हनुमानलाई लंका जलाउन लगाएर आफूले जस लिन पनि पाउने, एउटाको सिता खाएर अर्काकाको गीता पाठ गर्न पनि पाइने नेतागिरीमा त हो नि ।

सत्ता पाए भत्ता खाएर मत्ता हातीले झैँ मात्यो सत्ता नपाए जत्था सहित सडकमा संग्राम मच्चायो, जनताले साथ दिए मुक्ति आन्दोलन, साथ नदिए आमरण अनसन । जनता घरमा अन्न न सन्न भएर अनसन बस्न बाध्य भएको प्रति कसैको ध्यान जाँदैन, तर भसरभुँडे नेता भुँडी घटाउन अनसन बस्यो भने आमसञ्चार नै उसको चर्चाको संसार ! ‘डढेको मुखमा खुदो हालेको सातु’ भने झैँ उसलाई नै फलफूलको रस । जनता अस्पतालको मुखै देख्न नपाई जिब्रो टोकेर संसार छोड्छ, नेता तीनट्वाक लगाएर ट्वाइलेट जाँदा ठेस लागेर सानो चोट लाग्यो भने विदेशी अस्पतालमा पुग्छ ।

सत्ता संघर्षमा जनता ढाल नेताहजुर मालामाल । दिउँसोभर विरोध भाषणबाजी, प्रेसविज्ञप्ति, मुर्दावाद र जिन्दाबाद बेलुकीको बिजुलीपानीमा सबै पार्टीका नेता एकैठाउँमा जिन्दाबाद । नेता सबै दाजुभाइ जनता जनार्दन बाइबाइ । भैसी पाल्ने जनता नेताको हातमा दुधको तर आफ्नो हात जगन्नाथ जसो मनलाग्छ त्यसै गर । धान खाने मुसा चोट पाउने भ्यागूता, काम गर्ने जनता नाम कमाउने नेता । खानु न पिउनु जनताको टाउकोमा लाठीचार्जको चिनु, नेता उक्लन्छ सत्ताको लिस्नु । बाघको छालामा स्यालको दाईँ ।

व्यङ्गवादका बरिष्ठ बाजेले ‘संसदीय प्रजातन्त्रे नेता ते परमेश्वर’ भनेर नेतालाई परमेश्वको रुपमा मानेका थिए तर आजको संसदीय प्रजातन्त्रमा नेता ईश्वर भन्दा एक तह माथि पुग्न सफल भैसकेका छन् । नेता भएपछि इच्छा सिद्धि हँुदो रहे छ । ‘यंयं चिन्तयते कामम् तम् तम् प्राम्नोति निस्चितम्’ अर्थात जे जे चितायो त्यही त्यही पुग्ने । त्यसैले नेतालाई नतमस्तक हुँदै नमस्ते गरिएको अरे ।

प्रशिद्ध अंग्रेजी निवन्धकार ‘इएम फोस्टर’ले आफ्नो निबन्ध ‘टु चियर्स फर डेमोक्र्यासी’मा ‘हिरो वर्शिप इज अ डेन्जरस भाइस्’ अर्थात नेता पुज्नु डरलाग्दो दूर्गुण हो भनेका छन् तर म भन्छु नेता पुज्नु भाग्यको ढोकामा लागेको भोटे ताल्चाको साँचो फेला पार्ने भरपर्दो कला हो । आफ्नो भक्तलाई भन्सार जस्तो भरिपूणर् भण्डारमा भर्ना गरी भलो गर्ने भलाद्मी नेता त नारायणभन्दा पनि ठूला हुन् । पछि मुख छोपेर फोटो खिचे पनि करौँडौ कुम्ल्याउनु पाइ हालिन्छ । आफ्नो नेताको कृपा पर्‍यो भने सफाइ अवश्यमभावी छ ।

एकजना बाठो बाहुनले ‘दैबाधिनाम् जगत्सर्बं, मन्त्राधिनाम तु देबता,तेमन्त्रा ब्राम्हणाधिनाम्, तस्मात् ब्राम्हण देवता,’ ‘संसार देवताको अधिनमा छ देवता मन्त्रको अधिनमा छन् त्यो मन्त्र बाहुनको अधिनमा छ त्यसैले बाहुन नै देवता हो’ भनेका छन् । तर संसदीय प्रजातन्त्रमा जनताले जनताद्वारा जनताकै लागि शासन गर्ने साँचो नेतालाई सहर्ष प्रदान गर्ने हुनाले नेता देउता भन्दा पनि ठूला भएका हुन् । त्यसैले आउनुहोस नेतालाई कोटी कोटी नमस्कार गरौँ,यसैमा हामीहरूको कल्याण छ ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x