साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको पुनरागमनः

भट्टी पसलको पुरानो बक्यौता खुरुक्क तिर्नु भएछ देशका च्याउ पार्टीहरुको झोला भिर्दै निकैका टाङमुनि छिर्नु भएछ ।

Nepal Telecom ad

फेरि पनि एकपटक
हाम्रो देशमा चुनाव आएको छ
चुनावका नाममा हाम गर्ने
बानी परेको हन्तकाली
मुसुक्क मुस्काएको छ
अस्तिसम्मको दारुले
नेताको मुख
अझै हस्स गनाएको छ ।

कान्छाले पनि आफ्नो होटलमा
दुरुङपानीका बोतल सजाएको छ
नेताको पुनरागमनको आनन्दमा
सिङ्गो गाउँले समाजले नै
आँ…… मुख बाएको छ
फेरि पनि एकपटक
हाम्रो देशमा चुनाव आएको छ ।

उ बेलाकै प्रचारले
आफ्नो ता जिउ नै झिर्नु भएछ
फेरि चुनाव आएकोले
नेताजी गाउँमा फिर्नु भएछ
समयको महत्व बुझ्नु हुन्छ उहाँ
यसैले अघिल्लो चुनावको
भट्टी पसलको पुरानो बक्यौता
खुरुक्क तिर्नु भएछ
देशका च्याउ पार्टीहरुको झोला भिर्दै
निकैका टाङमुनि छिर्नु भएछ
नयाँ नयाँ कुवाको पानी चाख्ने काम त
राष्ट्रिय विकासको काम हो
यसैले उहाँको आत्मज्ञान खुलेर
अन्योलको राजनीति चिर्नु भएछ
विरोधीलाई
ढाड सेकाउने गरी पिर्नु भएछ
यस्तो कसैले पनि नसोचौँ कि-
नेता खाल्टोमा गिर्नु भएछ
दसतिरका कुवाको पानी चाख्दै फर्किएर
फेरि पनि पुरानै झोला भिर्नु भएछ ।

उहाँ महान् हुनुहुन्छ
देशको विकास गर्नु छ उहाँलाई
दुब्लो पातलोले देशको विकास
के गर्न सक्ला
यसैले उहाँ रातो पिरो हुनुहुन्छ
महान् नेता मोटाएको देखेर कसैले नभन्नू
कि नेता किर्नु भएछ
जे होस् नेता भनेको नेता हो
चुनाव जितेरपछि ता जानु होला
तर अहिलेलाई देशमा
चुनाव आएकोले
चुनाव भरिका लागि
आफ्नै गाउँमा फिर्नु भएछ ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x