साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखिया बा

आज बाच्छाहरूले पनि खेदिरहेको देख्छु त्यो ओज, त्यो शक्ति कता हरायो ऐले, हँ मुखिया बा ?

Nepal Telecom ad

जय नेपाल या लाल सलाम
नमस्कार, प्रणाम कि रामराम
के भनेर अभिवादन गरौं
मुखिया बा तपाईंलाई ?

गाउंँलेहरू हरेक कुरामा तपाईंकै मुख ताक्छन्
तपाईंलाई भने आफ्नै परिवार, नातागोता
र ईष्टमित्रहरूको व्यवस्थापन गर्न भ्याई नभ्याई छ
के हो यो, वाध्यता कि विडम्वना
हँ मुखिया बा ?

कुनै समय यस्तो पनि थियो
तपाईं गर्जदा जङ्गलका सारा जनावरहरू डराएर भाग्थे
या तपाईंको शरणमा परेर प्राणको भिख माग्थे
आज बाच्छाहरूले पनि खेदिरहेको देख्छु
त्यो ओज, त्यो शक्ति कता हरायो ऐले,
हँ मुखिया बा ?

समाजमा वर्ग हुन्छ, वर्ग दुश्मन हुन्छ
र त्यसको पक्ष वा विपक्षमा लाग्न बाटो देखाउने
बिचार र दर्शन पनि हुन्छ भन्ने सुनेको थिएँ
कुनै बेला तपाईंकै मुखबाट
मलाई त याद छ, तर तपाईंले विर्सनु भए जस्तो लाग्यो नि
हो त मुखिया बा ?

पराईले एकछिन खाटमा सँंगै सुताए भने पनि
हिजो आफु हिडेको डहर र सुतेको घर विर्सनु हुन्छ
जब घचेटेर लडाइदिन्छन् छेउबाट
अनि मात्र तपाईंलाई आफ्नो टाउकाको मोल याद आउंछ
मान्छेले के खायो भने र के पायो भने यसरी विस्मृत हुन्छ,
भन्नोस् न मुखिया बा ?

हामीलाई पनि कस्तो धर्म संकट
न सौताको रिसले लोग्नेको काखमा सु गर्नु !
तपाईंले हार्दा संघीयता र गणतन्त्रले हार्छ,
तर तपाईंले जित्दा चैं भ्रष्ट, दलाल, तस्कर र ठेकेदारहरूले जित्छन्
किन मुखिया बा ?

हिजो अँध्यारोमा पनि नलडि हिँंडेको मान्छे
आज उज्यालोमा पनि चिप्लिरहनु भएको छ
हिजो सिंगो संसार जित्न हिंड्नु भएको तपाईं
आज बिलोमा लुछाचुडी गर्दै हुनुहुन्छ
किन मुखिया बा ?

मेरै कानले सुनेको
तपाईंका आफ्नै छिमेकीहरूले भनेको
अनुहारमा दाग पलाएदेखि तपाइंले ऐना हेर्न छोड्दिनु भयो रे
हो त मुखिया बा ?

बगरमा लड्नु भन्दा खतरनाक हुन्छ आफ्नै नजरबाट गिर्नु
र, त्यतिकै खतरनाक हुन्छ शकुनीले झैं पासाहरू बोकेर हिंड्नु
त्यसैले वेला अझै छ पूर्वाग्रहबाट माथि उठ्नोस्
र कहाँ कहाँ चुक्नु भो एकछिन सोच्नोस्
सच्चिने कि सक्किने बिचार तपाईंको
कि कसो मुखिया बा ?

हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x