साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैँ उस्तै छ

लोभी पापीहरू पनि तिनै हुन् मात्र फेरिन्छ पात्र चरित्र तिनै हुन् हामी फगत तमासे हौँ रमिता सधैँ उस्तै छ !!

Nepal Telecom ad

प्रवृत्ति उस्तै छ
संस्कार उस्तै छ
कुण्ठा उस्तै छ
मानसिकता सधैँ उस्तै छ ।

न दूर दृष्टि छ
न दूरदर्शी छ
न कुनै दर्शन छ
न कुनै आदर्श छ
यो कठपुतली
सरकार सधैँ उस्तै छ ।

लोभ लालच उस्तै छ
स्वार्थ लिप्सा उस्तै छ
दुराचार झनै बढ्दै छ ।
अराजक र भ्रष्टाचार सधैँ उस्तै छ ।

न अलिकति इमान छ
न अलिकति नैतिकता छ
न कसैको डर छ
यो जाल, झेल, षड्यन्त्र
बहुरङ्गी गठबन्धनको
जोड घटाउ सधैँ उस्तै छ ।

स्वाँठ तिनै हुन्
धूर्त तिनै हुन्
कुटिल तिनै हुन्
लोभी पापीहरू पनि तिनै हुन्
मात्र फेरिन्छ पात्र
चरित्र तिनै हुन्
हामी फगत तमासे हौँ
रमिता सधैँ उस्तै छ !!

हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x