साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिँडालुको चियोचर्चो

कोही विद्यालय जाने बच्चाले अभिभावकलाई पिरेझैँ पकेट खर्च बढोत्तरीका लागि कुर्लिरहेछन् ।

Nepal Telecom ad

पिँडालु सकेसम्म गाउँघर डुल्दैन । अलिक परका छरछिमेकीकोमा मात्र होइन आफ्नै आँगन र करेसो जोडिएका वल्लो घर पल्लो घर जान पनि ऊ हिच्किचाउँछ । आफ्नो स्वभावभन्दा पनि मान्छेले लिने उसको कोक्क्याउने स्वादसँग उसलाई बढी डर छ । सहरका डन, उद्योगी र व्यापारीले नेता तथा अन्य महत्वपूणर् निणर्यकर्ताका निवासमा बिनाअवरोध प्रवेश पाए जस्तै गरी उसलाई पनि मान्छेका भान्सा भान्सामा पस्ने इच्छा छ । तर के गर्नू ! उसको हैसियत अरूका त कुरै छाडौँ आलुको जत्ति पनि छैन । आलुलाई त जसका भान्सामा पनि सजिलै भित्रिने र जसका जिब्रामा पनि सर्लक्क झुण्डिने सौभाग्य छ । उसलाई त्यतिसम्म पनि छैन । छुँदा चिलाउने र खाँदा कोक्क्याउने उसको विशेषताले हुनसम्म पिरोलेको छ उसलाई । शारीरिक बनावट पनि कहाँ आलुको जस्तो चिटिक्क परेको छ र उसको ? आजका एक्काइसौँ शताब्दीका आधुनिक युवतीहरू जस्तो गरी सफा सर्लक्क परेको पातलो लुगामा सजिने आलुका अगाडि हेर्दै घिनलाग्दो झुत्रेझाम्रे लुगा र शरीरभरि मान्छेका जीउमा कोठीझैँ ठडिएका झुसे डल्लाले ऊ कसैको पनि आकर्षणको केन्द्र बत्र सक्तैन । नजिक पर्‍यो कि एउटा न एउटा भाउँटो आइलाग्छ भनेर जनताका नजिक पर्न नचाहने नेताझै ऊबाट सकेसम्म सबै टाढै हुन चाहन्छन् । ऊसँग नजिकिएर बेफ्वाँकमा ताल न तुलको भाउँटो बेसाउन चाहने पुरुषार्थी अहिलेसम्म कोही भेटिएका छैनन् ।

देशमा लोकतन्त्र आएको कुरा पिँडालुलाई थाहा छ । व्यक्तिगत स्वतन्त्रता लोकतन्त्रको विशेषता हो भत्रे पनि उसले राम्रोसँग बुझेको छ । लोकतन्त्रमा घुन लाग्यो भने व्यक्तिगत स्वतन्त्रता मान्छेका जिब्रामा झुण्डिनु बाहेक अरूथोक केही हुँदोरहेनछ भत्रे पनि उसले बुझेको छ । व्यक्तिगत स्वतन्त्रताका सवालमा भोगे भोगाइएका विगतका धेरै अनुभव र पीडा दुवै छन् ऊसँग । उतिखेर भूमिगत बनेका व्यक्तिका स्वतन्त्रताहरू अझै पनि के होला कसो होला भनेर निर्धक्कसँग बाहिरिन सकिरहेका छैनन् । यसै त पिँडालु त्यसमाथि व्यक्तिगत स्वतन्त्रता समेत बेलाबखत भूमिगत हुन थालेपछि यताउति हिँड्ने उसको चाहना र रहर अझै कुण्ठित हुन पुग्छ । अगाडि बढ्न सक्तैन । न त ऊ कसैलाई हारगुहार गर्न नै सक्छ । हार गुहार नै गरे पनि कसले सुत्रे जाबो पिँडालुका कुरा ?

अरू त त्यस्तै हो समाजमा बसेपछि यसभित्रका सामाजिक रहनसहनका कुराहरू बुझ्ने प्रबल इच्छा छ पिँडालुलाई । कानूनका व्यवस्था कत्तिको प्रभावकारी छन् जात्रे अभिलाषा छ पिँडालुमा । नेतृत्व फेरिनेबित्तिकै नारा फेर्न माहिरहरूका बानी बेहोरा र व्यवहारमा के कस्तो परिवर्तन छ जात्र बुझ्न चाहन्छ ऊ । त्यसो हुँदा खतरै मोलेर भए पनि उसको यो चाहना जतिसक्दो चाँडो पूरा गर्न लालायित छ पिँडालु । तर कोक्क्याउँदा कोक्क्याउँदै पनि पात पाए पातै खाइदिने, बोट पाए बोटै खाइदिने र फल पाए फलै लुँड्याइदिने पिँडालुलाई मान्छेका अगाडि उभिएर आफ्नो अभीष्ट पूरा गर्न भने सोचे जस्तो सजिलोचाहिँ पक्कै छैन ।

पिँडालुले खरो निणर्य गर्‍यो एक दिन । मनमनै कडा निष्कर्ष निकाल्यो र आफैँमा एउटा धारणा बनायो । लोकतन्त्र उसका लागि पनि हो । व्यक्तिगत स्वतन्त्रताको हकदार ऊ पनि छ, जति अरू मान्छे भनाउँदाहरू छन् । त्यसैले परेको बेहोर्ने दृढ अठोटका साथ ऊ कस्सियो । जसो गरे पनि ऊ उसलाई लागेका कुरा अब एक एक गरेर बुझ्न आतुर छ । यसका लागि कहाँ कहाँ जानुपर्ने हो ऊ जान्छ र कस कसलाई भेट्नुपर्ने हो ऊ भेट्छ ।

पानी नपरेको जेठ महिनाको कडा धूप । बाध्यताले हिँड्नै पर्ने मान्छे मात्र हिँडिरहेछन् सडकमा । होइन भने करिब करिब सुनसान छ पूरा सडक । मान्छेबाट जोगिन यही मौका छोप्ने निधो गर्छ ऊ । चिने जानेका एक जना ठूलै कार्यालयका ठूलै ओहदाका सरकारी हाकिम साहेबको कार्यालयमा जाने अठोट गर्छ र पाइला अघि बढाउँछ । फेरि रोकिन्छ । मनमनै सोच्छ र आफैँलाई प्रश्न गर्छ । त्यस्ता कन्जुस हाकिम कहाँ के जाने ? जसका घरमा जाँदा विजुलीको मिटर चढ्छ भत्रे डरले रातको अँध्यारामा समेत बत्ती बालिएको हुत्र । कठ्याङग्रिदो चिसोमा हिटर जलाइएको हुत्र, न त प्रचण्ड गर्मीमा पङ्खालाई नै काम दिइएको हुन्छ ।

फेरि छिनभरमै बदल्छ ऊ आफूलाई र अगाडि बढ्छ । असिनपसिन हुँदै पाइला चाल्छ । चिनेको मान्छे भेट्न सोधखोज गर्दै पुग्छ ऊ आफ्नो गन्तव्यमा । खुइय्य गर्दै भर्‍याङ उक्लन्छ । उक्लने बित्तिकै कष्टसाथ भित्तामा झुण्डिइरहेको एउटा नेमप्लेटमा आँखा पर्छ । खोजेको मान्छे यिनै हुन् । दङ्ग पर्छ ऊ र भित्र चियाउँछ । कुर्सीमा छैनन् । कार्यालयभित्रै यताउति कतै गएका छन् उनी । पिँडालु पनि यही सोच्छ र यताउति आँखा डुलाउन थाल्छ ।

लोकतन्त्र आएपछिको अवस्थामा अरूबाट काम लिन गाह्रो परिरहेछ । कसैले कसैलाई टेर्दैन । कार्यालयमा जो कोहीलाई काम लगाउनै गाह्रो छ । उसले यहाँ आउनुअघि यी र यस्तै कुराहरू सुनेको हुन्छ । तर उसलाई यतिखेर यस्तो लागिरहेको छैन । हाकिम साहेबको अनुपस्थितिमा पनि अल्छी नमानीकन बडो आज्ञाकारी भएर पङ्खाहरू एकनास घुमिरहेका छन् । कोठाभित्र बाहिरको घाम पसेकै भए पनि विजुली बत्तीहरू चारै भित्तामा झलल्ल भएर आफ्नो कर्तव्य निभाइरहेछन् । ऊ सन्तुष्ट हुन्छ । ऊ अनुमान गर्छ उसले यसअघि सुनेका सबै कुरा बाहियात हुन् ।

हाकिम साहेबलाई पर्खँदै गर्दा त्यहीँका एक महानुभावसँग आफ्ना आशङ्का बारे नहिच्किचाईकन आफ्नो जिज्ञासा राख्छ पिँडालु । ती महानुभाव पनि कसैले काम गर्दैन भत्रे कुरामा असहमति व्यक्त गर्छन् । अझ उनी थप्छन् – यी बत्ती, पङ्खा र जाडोमा बल्ने हिटर मात्र होइनन्, कार्यालयका गाडीहरू पनि आफ्नो स्वरूप र पहिचान बदलेर बिदाका दिनमा समेत आफ्नो कर्तव्य निभाइरहेका हुन्छन् । अफिसका कुर्सी, टेबुल र अरू यस्तै सामग्रीहरू पनि कहिले कसकोमा र कहिले कसकोमा गएर सेवा दिइरहेकै हुन्छन् । ती महानुभावको निष्कर्ष हुन्छ – तपाईंलाई लोकतन्त्र पचाउन नसकिरहेका कुनै प्रतिक्रियावादीले सुनाएका हुन सक्छन् यस्ता कुरा । त्यस्ताका पछि नलाग्नुस् । आँखाले देखेका कुरा मात्र सत्य हुन्छन्, अरू होइनन् ।

डेढ दुई घण्टा भइसक्यो । हाकिम साहेब अभैm आइपुगेका छैनन् । तैपनि प्रतीक्षारत छ ऊ यथावत् । समय कटाउने क्रममा भित्ताको सूचनामा आँखा पर्छ । ‘कार्यालय हाताभित्र धुम्रपान गर्न सख्त मनाही छ ।’ ‘जहीँतहीँ फोहर नफालौँ, कार्यालय हाता सफा राखौँ ।’ यी सन्देशले ऊ अझै खुसी हुन्छ । मनमनै रमाउँछ र सोच्छ – अहा ! कति राम्रो व्यवस्था । दङ्ग पर्छ ऊ ।

भर्‍याङमुनि मान्छे हिँडे जस्तो आवाज आउँछ । पिँडालु सतर्क हुन्छ र आवाज आएतिर चियाउँछ । तर अझै आइपुगेका छैनन् उसले खोजेका हाकिम साहेब । उभिँदै गर्दा बरू झ्यालबाहिर जस्ताका छानामा उसको आँखा पुग्छ । मङ्सिरमा धान सुकाए जस्तो बिस्कुन छ चुरोटका ठुटाहरूको । बाढी पैरोमा बगेका लास जस्ता कोही ढाडिइरहेछन् कोही सुकिरहेछन् । निकै अनौठो छ दृश्य । तिनलाई साथ दिइरहेछन् पानपराग, गुट्खा, खैनी र यस्तै अन्य बहुरूपी सुर्तीजन्य पदार्थका प्लास्टिक खोलहरूले । उसलाई यी दृश्य अनौठा लाग्दैनन् । ऊ सोच्छ – यिनले पनि अरूझैँ आज्ञाकारी भएर हाकिम साहेबहरूप्रतिको आफ्नो कर्तव्य निभाइरहेछन् । हाकिम साहेबहरूका निकटताबाट टाढिन चाहिरहेका छैनन् । अझै ‘तँ छाड्, म छाड्’ गर्दै आ-आफ्नो बफादारिता देखाउन खोज्दैछन् यिनीहरू ।

समय मध्याह्नको बाह्र नाघिसकेको छ । दुई चार जना सुकिलामुकिला ठम्ठम् आउँछन् । हाकिम साहेबका कोठामा पस्छन् । जिज्ञासु बनेर हेर्दैछ पिँडालु । आगन्तुकहरू हाजिरका पाना पल्टाउँछन् । बाह्र नाघिसक्दा पनि सदाझैँ दस बजेकै प्यास मेटाउँछ हाजिर कपी । तिनीहरूसँग कुनै प्रतिवाद गर्दैन त्यो हाजिर कपी । पिँडालु एकनास हेरेको हेर्‍यै हुन्छ । यो सानो बसाइमा जात्र बुझ्न खोजेका धेरै कुरा प्राप्त गरे जस्तो लाग्छ उसलाई । सुइराको चामलले पूरै बोराको चामल आकलन गरे जस्तो आकलन गर्दै कसैलाई केही नभनी सुरुक्क बाहिरिन्छ ऊ ।

बाहिरिँदै गर्दा अझै अर्को अनौठो दृश्य देख्न बाध्य हुन्छ पिँडालु । ‘सत्य सेवा सुरक्षणम्’ र यस्तै अरू के के लेखेको साइन बोर्डको छानामुनि मान्छेहरूको भीड छ । के रहेछ ? जात्रे उत्कण्ठा पलाउँछ उसमा । पाइला बढाउँछ त्यतैतिर । भीडमा उपस्थित मान्छेहरू भन्दै थिए – अरूलाई धम्क्याउँदै लुट्पाट कार्यमा संलग्न चार सुरक्षाकर्मीलाई जनताले रङ्गेहात पक्रेर यहाँ बुझाएका छन् । नाबालिकामाथि बलात्कार गर्ने हवल्दार पनि तीन दिनदेखि यहीँ नै छ । हेरौँ, यिनलाई के कारवाही हुँदोरहेछ । होइन भने यिनलाई के गर्नुपर्छ हामीले पनि जानेका छौँ । त्यसै कहाँ छाड्छौँ र हामी पनि !

नहिँड्नु हिँडिसकेपछि एक पटक देशका कानून निर्माताहरूको बस्तीमा छिर्न मन लाग्छ पिँडालुलाई । त्यहाँ त पक्कै यस्ता असन्तुष्टिका अनुभूतिहरू सँगाल्नु पर्दैन भत्रे विश्वास हुन्छ उसमा । पाइला अघि बढाउँछ साविकझैँ । सजिलो रहेनछ उनीहरू कहाँ पुग्न । तर पनि लागेको काममा लागिरहन्छ पिँडालु । अनेकौँ सास्ती र झमेला बेहोरेर पनि ऊ पुगिछाड्छ आफूले चिताएको गन्तव्यमा ।

चाहिँदोभन्दा बढी तडकभडक र रवाफ । किरा फट्याङ्ग्राभैmँ यताउता सल्याङबल्याङ । चित्त स्थिर नभएझैँ बिना योजना भित्र बाहिर नियमित ओहोरदोहोर । मिठा मिठा मुस्कान र कानेखुसी आदि दृश्यले पिँडालुलाई कानून निर्माताहरू पहिचान गर्न समय लाग्दैन । क्षणभरमै सबै अवलोकन गर्न भ्याउँछ ऊ । कसैले नचिनेका भएर पनि उसलाई सजिलो भएको छ घटनाक्रम अध्ययन गर्न । जनतालाई त निर्वाचनका समयमा अनुमानका भरमा चिन्ने तिनले जनताको पनि तरकारी पिँडालुलाई कसरी चिन्नू ? किन चिन्नू ?

यथार्थ यस्तो भए पनि यताउति पल्याकपुलुक आँखा घुमाउन छाड्दैन पिँडालु । कहीँ कतै नदेखेका र नसोचेका दृश्य देख्न बाध्य भइरहन्छ ऊ । कोही दायाँ बायाँ नहेरी भकाभक बासी भात भुक्याउँदै छन् त कोही सामान्य जलपान र चिया चमेनामा रमाउँदैछन् । यी दृश्यहरू हेर्दा लाग्छ – ढुक्क छन् उनीहरू । निश्चिन्त छन् । चिन्ता कसैको छैन तिनलाई आपूm र आफ्ना बाहेकको । निश्चिन्त नहुनु पनि किन ? हुँदो न खाँदो अनेकौँ नाता लगाएर तिनलाई पिरोल्ने जनताको पहुँच छैन त्यहाँ । अलिकति पनि कसैको गुनासो छैन त्यहाँ । बर्खे रोपाइँ सकेर नुहाएका गोरुझैँ न्वागीसम्म अब केही काम छैन जस्तो गरी सुस्ताइरहेझैँ लाग्छन् तिनीहरू । र त, कोही लिटो खाएर लुटुक्क निदाएका बालकझैँ फ्वाँ फ्वाँ निदाइरहेछन् बसेकै ठाउँमा । अगाडि कोही छैनन् जस्तो गरी सुरसाले झैँ मुख बाइरहेछन् लामो लामो हाइ काढ्दै । कोही विद्यालय जाने बच्चाले अभिभावकलाई पिरेझैँ पकेट खर्च बढोत्तरीका लागि कुर्लिरहेछन् ।

अनौठो लाग्छ पिँडालुलाई । तैपनि पलेटी मारेर हेरिरहेछ ऊ यी सब दृश्यहरू । हेर्दा रमाइला तर मुटु छुने पेचिला दृश्यहरू । मन हुनेहरूलाई रूवाउने कारूणिक दृश्यहरू । कति हेर्ने यी उराठलाग्दा दृश्य । हेर्दा हेर्दा वाक्क हुन्छ ऊ । केही बोलूँ भने मान्छेमा जस्तो बोल्ने क्षमता छैन उसमा । नबोलूँ भने कसरी बुझाउने तिनीहरूलाई ? कसरी सुनाउने अरूहरूलाई ? सोच्तासोच्तै ऊ त्यहीँ टोलाउँछ र किचकन्नीझैँ एक्कासि अलप हुन्छ बसेकै ठाउँमा ।

(युवामञ्च, २०७१ चैत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x