साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म अहिले कविता लेख्दिन यारों

आजभोलि मान्छे आफूलाई उचा अरुलाई निच्चा देखाउँन कसिएको छ आफूलाई सभ्य अरुलाई खिच्चा देखाउँन कसिएको छ ।

Nepal Telecom ad

कति साथी तात्तिनुभएको छ
कति आत्तिनुभएको छ
कति मात्तिनुभएको छ
कति पात्तिनुभएको छ
म अहिले कविता लेख्दिन यारों !

कति साथी धेरैवटा झण्डा एउटै काँधमा भिरेर
पुँजीवाद र साम्यवादको दोहलो काड्दै हुनुहुन्छ
कति साथी अवसरको डाडु नपाएको झोंकमा
छानामाथिको झण्डा फाड्दै हुनुहुन्छ
कतिलाई तिहार आएको छ
कतिलाई बहार कतिलाई मारामार छाएको छ
यस्तो बेला लेख्नुपर्ने केही देख्दिन यारों
म अहिले कविता लेख्दिन यारों !

कतिलाई मासु चिउरा छ
कतिलाई फलामको चिउरा छ
हिजोसम्म बोल्नेहरु नबोल्ने भएका छन्
अरुलाई पछार्ने भित्रभित्रैको खेल
हम्मेसी कतै नखोल्ने भएका छन्
कसैलाई कोही जसरी पनि अगाडि बढाउँनु छ
कसैलाई कोही नभइ हुन्न
जबर्जस्ती काँधमा चढाउँनु छ
कोही भयङ्कर रिसाएका छन्
बर्षौं अघिको आस्था बिसाएका छन्
यस्तो बेला कसैको बाटो छेक्दिन यारों
म अहिले कविता लेख्दिन यारों !

जिन्दावादमा मरेका छन् कोहीहरु
कहिले यता कहिले उता सरेका छन् कोहीहरु
अरुलाई गाली गर्न झरेका छन् कोहीहरु
छुद्र वचन लिएर अघि परेका छन् कोहीहरु
यस्तो बेला केही समेट्दिन यारों
म अहिले कविता लेख्दिन यारों !

आजभोलि मान्छे
आफूलाई उचा अरुलाई निच्चा देखाउँन कसिएको छ
आफूलाई सभ्य अरुलाई खिच्चा देखाउँन कसिएको छ
गर्मी छ दिन तातिएको छ
चुनावी नसाले मान्छे मातिएको छ
यो बेला चुप लाग्नु बाहेक अरु केही देख्दिन यारों
म अहिले कविता लेख्दिन यारों

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x