साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मतदान कता गर्ने ?

माग्न राँगाहरू आए माग्न आए थुँबाहरू मतदान कता गर्ने दुविधा भो कसो गरूँ ।

Nepal Telecom ad

बाटो टोल मुहल्लामा
गोब्र्याएर हिँडेपछि
प्रतिकार कहाँ गर्नु
राँगा डाँगा भिडेपछि ।।

म दिन्छु दूधको खोलो
सबैले खानुहोस् खिर
भनी माग्न यता एक
साँढे आयो अघिल्तिर ।।

आयो भीमसिने बोको
भन्दै पाठा म पाउँला
मतदान गरे आजै
उल्टो खोलो बगाउँला ।

हाइना भन्छ आएर
नौलो घाम बनाउँछु
अहिंसा शान्तिको पाठ
जिताएमा पढाउँछु ।।

छरी दुर्गन्धको हस्को
सिङ्गै टोल छ दूषित
भन्छ भीमसिने बोको
टोल यो छ सुवासित ।।

भुस्याहाको यता लर्को
लागेको छ घरी घरी
पढाए प्रेमको पाठ
ङार्रङुर्र गरी गरी ।।

हड्डीमा अहिल्यै लड्डी
गर्नेको छ कुलच्छिन
सिनोमा गिद्ध झम्टेझैँ
देखियो गठबन्धन ।।

माग्न राँगाहरू आए
माग्न आए थुँबाहरू
मतदान कता गर्ने
दुविधा भो कसो गरूँ ।।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x