सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चुनाव

मस्तिष्कको कोमामा अधमरो बनाएर कृत्रिम अक्सिजनमा जबर्जस्ती जीवित हुन्छौं हामी र त्यसैको किराया मोल तिरिरन्छौं ।

Nepal Telecom ad

हामी त्यहि पात्रहरू हौं
चुनाव पर्खेर बसेका
हरेक पल्ट
झोलाबाट मकै भट्मास बाँडे जस्तो
आश्वासन बाँड्दै आउँछन् साथीहरू
सट्टामा मोल तिर्छौं
चर्को घाममा लामो लाइनमा बसेर
भोट दिन्छौं ।

मतपत्र जस्तै
अक्षरको अल्कोहलबाट
मक्किंदै जान्छौं
एउटा खोक्रो बिरासत
मस्तिष्कको कोमामा अधमरो बनाएर
कृत्रिम अक्सिजनमा
जबर्जस्ती जीवित हुन्छौं हामी

त्यसैको किराया मोल तिरिरन्छौं ।

लोकतन्त्र पनि कति निर्मोही
हाम्रा आवश्यकता प्रति उदासिन
हाम्रा आवाजहरू प्रति निर्वचन
तर पनि
छातिको लब्धांक खोकिलोमा
आस्थालाई
मतपत्रभित्र पोको पारेर चुपचाप खसाइरहन्छौं हामी
चुपचाप एकदमै चुपचाप ।

गौरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’