साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाचारी

हाँस्दै छिमेकी हतियार धस्ने हौँ हुस्सु हामी अझ तेल घस्ने । पाली बस्यौँ नाग विषालु डस्ने आमा चिथोर्दा पनि मौन बस्ने ।।

Nepal Telecom ad

पुर्खा थिए वीर तथा विजेता
जन्मिन्न कोही किन राजनेता ।
यो देशको गर्न भनी लिलामी
बन्दै गयौँ उद्यत आज हामी ।।

हाँस्दै छिमेकी हतियार धस्ने
हौँ हुस्सु हामी अझ तेल घस्ने ।
पाली बस्यौँ नाग विषालु डस्ने
आमा चिथोर्दा पनि मौन बस्ने ।।

गाड्दै नयाँ पिल्लर सार्छ सीमा
आँखा लगायो अब लुम्बिनीमा ।
चाहे कराओस् लिपुलेक सुस्ता
सुन्दैन हाम्रो अब सात पुस्ता ।।

छाडी गए पूर्वज देश राम्रो
जोगाउने तागत छैन हाम्रो ।
देखी भयौँ उद्यत पर्न पासो
सुन्दै नसुन्ने लिपुको गुनासो ।।

मान्छे भुली सालिक पो सिँगाऱ्यौँ
श्रीखण्डलाई नचिनी बिगाऱ्यौँ ।
मोती, मुगा पत्थरसाथ साट्यौँ
रोजेर उल्टो पथ हिँड्न आँट्यौँ ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x