साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालेनसँग बूढाबाको गनगन

देशै दुर्गन्धित बनाउने फोहोर त फालिएकै छैन त्यसमा लागिपर्ने कामसम्म थालिएकै छैन झन् झन् फैलेको छ फाल्नलाई बेल्चासम्म उचालिएको छैन ।

Nepal Telecom ad

सुन त बालेन बाबु,
मेरा कुरामा
अलिकति गुन त बालेन बाबु,
तिम्रा चारैतिर आउने दुर्गन्धले
तिमीलाई घात पार्न सक्छ
मध्यदिनमै रात पार्न सक्छ
यसैले
नाक र कान थुन त बालेन बाबु,
अनि सतर्क भएर
यता सुन त बालेन बाबु-
हाललाई केही कन्टेनर फोहोर
सफा भयो
यताको फोहोर उठेर
बन्चरे डाँडामा गयो
जे भयो राम्रै भयो
अरू त ठिकै हो बालेन बाबु,
तर-
एउटा ठुलो फोहोरको रास
अझ पनि फाल्न बाँकी नै रह्यो ।
देशै दुर्गन्धित बनाउने फोहोर त
फालिएकै छैन
त्यसमा लागिपर्ने
कामसम्म थालिएकै छैन
झन् झन् फैलेको छ
फाल्नलाई बेल्चासम्म
उचालिएको छैन ।
खुमलटारबाट निसक्ने फोहोर
यसै छ
सकौला के त फाल्न ?
बालुवाटारबाट निस्कने फोहोर
यसै छ
सकौला के त उचाल्न ?
बालकोटबाट निस्कने फोहोर
यसै छ
सकौला के त
फोहोर निस्कने दुलो टाल्न ?
यी फोहोर निस्केका छन् निस्केका छन्
यिनको नाली कहिले टाल्नु हो
निस्केको फोहोर कहिले फाल्नु हो
यो फोहोरको डुङ्गुर
कति पाल्नु हो !!
रौतहटबाट काठमाडौँ आएको फोहोर
यसै छ
डडेलधुराबाट आएको फोहोर
यसै छ
बारपाकको फोहोर
यसै छ
देशका ठाउँ ठाउँबाट
आएर राजधानीमा जमा भएको फोहोर
बानेश्वरतिर थुप्रिएको छ
काठमाडौँको मात्र कुरा हैन
यस फोहोरले त
हेर बालेन बाबु,
सिङ्गो देश नै दूषित भएको छ
राजधानी मात्र कहाँ हो र
सारा देशै गनाएको छ
अझ बढी दूषित बनाएको छ
यो फोहोर
कन्टेनरबाट फाल्न सकिएला र ?
यो फोहोर उत्पादनको क्षेत्र
अझ पाल्न सकिएला र ?
फोहोर कारखानबाट निस्केर
प्रदूषण बग्ने नाली
टाल्न सकिएला र ?
फोहोर सफा गरेर
उज्यालो बत्ती
बाल्न सकिएला र ?
तै हौसला राख
हामी बूढाबूढी पनि
तिम्रा साथमै लागौँला
अरू केही नसके पनि
हे भगवान भनेर
पशुपतिनाथसँग
बालेनलाई फोहोर फाल्ने
शक्ति देऊ भनेर
तिम्रा लागि आशीर्वाद मागौँला ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
0
Would love your thoughts, please comment.x
()
x