साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको २४४ औँ शृङ्खला : वर्षोत्कृष्ट पुरस्कार पौडेललाई

अभिनवको २४४ औं शृङ्खला अन्तर्गत विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्यकविता पुरस्कार अनिल पौडेल किर्तेलाई नगद सात हजारसहित प्रदान गरियो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ जेठ २८ । अभिनवको २४४ औं शृङ्खला अन्तर्गत विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्यकविता पुरस्कार अनिल पौडेल किर्तेलाई नगद सात हजारसहित प्रदान गरियो ।

यसैगरी प्रदीपरत्न शाक्यको पहलमा सञ्चालित लक्ष्मीदेवी साहित्य सिरपाको लागि स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगिताको आयोजना भयो । यसमा विजयी श्री उत्तम विचार, रेहित सैजु र अमृत भट्टराई क्रमशः प्रथम, द्वितीय र तृतीय हुनभएको उहाँहरूलाई क्रमश रु. पाँचहजार, तीनहजार र दुईहजार नगद प्रदान गरिएको थियो । निर्णायकहरूमा श्री परशुराम पराजुली, सुनिल अधिकारी र रुद्र अधिकारी रहनुभएको थियो ।

कार्यक्रमको सभापतित्व श्री विमल अर्याल, प्रमुख आतिथ्य विशिष्ट श्री पह्लाद पोखरेल, कार्यक्रम सञ्चालिका श्री शारदा पराजुली, स्वागत मन्तव्य श्री मेनका पोखरेल र धन्यवाद श्री गोविन्द घिमिरे वेदमणिले गर्नभएको थियो । विष्णुप्रसाद पुडासैनी र चन्द्रमाया पुडासैनी तथा लक्ष्मीदेवी शाक्यको तस्विरमा माल्यार्पणबाट सुरुभएको सो कार्यक्रममा मुक्तक लेखन तथा वाचनमा सहभागी हुनेहरूमा सुशील आचार्य, उत्तम विचार भेटवाल, मधुसूदन ढुङ्गेल, रेहित सैजू, भलाद्मी भोला, मदन नेपाल, पवन संग्रौला, अमृत भट्टराई, सृजना शर्मा, माया उपाध्याय, दुर्गा फुँएल, मधुसूदनप्रसाद घिमिरे (अप्रतियोगी)हरूबाट आ-आफ्ना रचना वाचन भएका थिए ।

अन्य कविता वाचन गर्नेहरूमा अच्युतप्रसाद पौडेल, बाजुराम पौडेल, घनश्याम प्रसाइ, मेनका पोख्रेल, गोविन्द संगत महर्जन, राजेशमान केसी, खोलाघरे साहिंलो, एल जे विवश, रुद्र अधिकारी, सुनिल अधिकारी, रामकुमार पंडितआदि रहनुभएको थियो । रुद्र अधिकारीबाट आजको स्थलगत मुक्तकलेखनको निणर्ायकका तर्फबाट मन्तव्य र विजयीको नाम घोषणा भएको थियो साथै खोलाघरे साहिंलोबाट आजको रचना वाचनमा कविता तर्फको समीक्षात्मक मन्तव्य र २ जना उत्कृष्ट कविको नाम प्रस्तुत गर्नुभएको थियो ।

सभानायक तथा अभिनवका उपाध्यक्ष विमल अर्यालबाट धन्यवाद मन्तव्यका साथ सभा समापन भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x