साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आनन्द लाग्छन् महला कहानी

लाग्ला गुनासो न त लाग्छ ग्लानी आनन्द लाग्छन् महला कहानी !!

Nepal Telecom ad

टेकेर टुप्पो जब कान तान्छ
भेटेर खुल्ला तब ज्यान लान्छ
देखिन्न दारी खुसिली छ नानी
आनन्द लाग्छन् महला कहानी !!

भन्दैन भेट्ने अनि साथ खाने
छक्कै बनायो यति बात माने
खोल्दैन ढोका अझ थुन्छ बानी
आनन्द लाग्छन् महला कहानी !!

बन्दैछ एक्लो सहजै समाज
पढ्छन् कि थन्के जनका नमाज
डुब्छन् त के भो जति छन् लगानी
आनन्द लाग्छन् महला कहानी !!

खान्छन् सबैले घरमा पकाई
गर्छन् सँ-सँगै न छ लौ थकाई
बच्चाहरूको सब सर्त मानी
आनन्द लाग्छन् महला कहानी !!

आफ्नाहरूको अझ याद मीठो
बोल्दै नबोले कहिले नमीठो
लाग्ला गुनासो न त लाग्छ ग्लानी
आनन्द लाग्छन् महला कहानी !!

लेख्दै छ बुन्दै कवि इन्द्रबज्रा
खोज्दै छ के हो छवि इन्द्रबज्रा
नाच्दै छ आँखा अझ शब्द छानी
आनन्द लाग्छन् महला कहानी !!

सक्नेहरूले सहयोग गर्नु
भोका दुखीको जति भोक हर्नु
नेपाल माटो शुभ होस् निसानी
आनन्द लाग्छन् महला कहानी !!

सानाठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x