प्रेम ओली ढकलपुरेमेरो छोरो
न कलेज जान्छ न जागिर खान्छ न भनेको मान्छ खानेबेला मिठो मिठो छान्छ तर थाह छैन दिनभर खै कहाँ जान्छ सोध्यो भने मरे बोल्दैन ।

मेरो छोरो आजभोलि
खै केमा फस्याछ
खाली घोरिएर एक्लै एक्लै
धुमधुम्ती बस्याछ
प्रेमरसमा फस्याछ कि
सोमरसमा फस्याछ
नघरमा बस्याछ
न पढ्न घुडा धस्याछ
रातमा पनि खाना नखाइ
सुटुक्क कोठामा पस्याछ
न कलेज जान्छ
न जागिर खान्छ
न भनेको मान्छ
खानेबेला मिठो मिठो छान्छ
तर थाहछैन
दिनभर खै कहाँ जान्छ
सोध्यो भने मरे बोल्दैन
रहश्य बुझ्न भने
कुरो नै खोल्दैन
कुरा बुझ्न गार्हो
उसलाई खै केले डस्याछ
पढाइ लेखाइ पनि
हिजो भन्दा आजकाल
झन तल तल खस्याछ
मुख सुघ्यो
कुनै गन्द पाइदैन
अस्पताल लग्यो
डाक्टर भन्छन-
कुनै ओषधि चाहिदैन
छोरालाई हेर्यो
दिनहु ज्यान सुक्यासुकै छ
छोराको पिरले
आमाको मन दुख्यादुखै छ
छोराको कपाल छत्रि झैं छत्रिदैछ
प्यान्ट पनि छर्रिएर भुइँमा लत्रिदैछ
एक दिन
ज्योतिसीकोमा छोरोलाई लगे
चिना हेराउदा मोटै दामले ढोके
त्यसपछि मन्त्रदै ज्योतिसी बके –
आजभोलि युवाहरूमा
धुम्रकेतु ज्याग्याछ
कलीयुग नै लाग्याछ
सबैलाई शिब बुटि खाऊँ खाऊँ हुन्छ
जस्ले खादैन
उस्लाई पनि यस्तै यस्तै रोगले छुन्छ
तर बुभनै सकिएन
छोरो कुन लतमा फस्याछ
दिनमा पनि रातमा पनि
नुन खाएको कुखरो जस्तै
झोक्रिएर बस्याछ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































