साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्भागी प्रतिनिधि

रातोदिन खटेर गाउँले रिझायो । पार्टीले पत्याएर गाउँपालिका प्रमुखको टिकट पनि पायो । उम्मेद्वार पनि भयो ।

Nepal Telecom ad

‘तैपनि उहाँ खुशी हुनुहुन्छ । यसलाई तपाईं के भनेर बुझ्नुहुन्छ ?’ उसले मलाई एक्कासी प्रश्न राख्यो ।
‘उहाँ महान् हुनुहुन्छ ।’ बिनाप्रसङ्ग जस्तो प्रश्न उस्तै उत्तर दिएँ मैले ।

‘यार कुरा बुझ् न । उहाँ रोगीदेखि भोगीसम्म हुनुहुन्छ । सौभाग्यशालीदेखि दुर्भाग्यशालीसम्मको भनेर पुकारिनुहुन्छ ।’ ऊ एकोहोरो फलाक्दो थियो । म मूकदर्शक बन्दो थिएँ ।

‘उहाँले गोली पचाउनुभयो । उहाँले जातको जालो च्यात्नुभयो । उहाँले सामन्तको अखडा भताभुङ्ग पार्नुभयो ।’ ऊ अलिक खुल्दै गयो । मबाट कुनै प्रतिक्रिया नपाएपछि मुहारमा निराशाको लहर ल्याउँदै थप्यो- ‘उहाँ स्थानीयदेखि राष्ट्रिय व्यक्तित्वले पत्याएको व्यक्ति हो । तेरैमेरै चिरपरिचित व्यक्ति हो ।’

अब भने उसले चर्चा गरिरहेको व्यक्तिलाई मैले ठम्याउन सकेँ । त्यो व्यक्ति जसले युद्धकालमा मधेसको प्रतिनिधित्व गरेको थियो । भुलले साथीले हानेको गोलीको छर्रा लागेर अझै अल्पअधमरो थियो । पार्टी बदल्यो भन्ने इखले पुरानै साथीहरूको उक्साहटमा युद्धकालीन मुद्दामा जेलनेल भोगेको थियो । अन्तर्जातीय विवाह गरेर सन्तानसम्म जन्मायो तर कालान्तरमा वैवाहिक जीवन असफल भयो । लोककल्याणको काममा हात हालेर भवनसडक बनायो । तिनै भोक्ताबाट ‘भ्रष्टाचार गर्‍र्‍यो’ भन्ने मुद्दा खेप्यो । रातोदिन खटेर गाउँले रिझायो । पार्टीले पत्याएर गाउँपालिका प्रमुखको टिकट पनि पायो । उम्मेद्वार पनि भयो । सबैले उसैले जित्छ भनेर लख काटे । तर, मतदाता नामावलीमा नामै नरहेको बहानामा बञ्चित भयो ।

‘हो, हो । आफन्तको भुल र स्वार्थको निशाना भनेर पनि उहाँ नै चिनिनुहुन्छ । अर्को शब्दमा कर्मखोटी भनेर कहलिनुहुन्छ ।’ मैले यत्ति भन्नासाथ ऊ मुखमा पानी हालेर घोत्लन थाल्यो ।

२०७९-०२-२९ आइतबार,
सिद्धार्थटोल, उदयपुर, हाल- सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x