सुलसुलेविष्णुप्रसाद ओलीको ‘मेरो जीवन यात्रा’
समाजसेवी विष्णुप्रसाद ओलीको ‘मेरो जीवन यात्रा’ नामक आत्मवृत्तान्तको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

विर्तामोड २, चैतुबाडी निवासी समाजसेवी विष्णुप्रसाद ओलीको ‘मेरो जीवन यात्रा’ नामक आत्मवृत्तान्तको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
९२ वर्षीय विष्णुप्रसाद ओली स्वयंको अध्यक्षतामा ज्ञानु मैनालीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख आतिथ्य थियो नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको । अतिथिहरूमा घोस्ट राइटिङका अध्यक्ष कमल ढकाल, संविधान सभासदस्य मनकुमार गौतम, सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, साहित्यकार यज्ञराज प्रसाईं, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड नगरप्रमुख पवित्रा महतारा, उपप्रमुख नगेन्द्र संग्रौला, मेची क्याम्पसका पूर्वप्रमुख उमा ओली, बद्रीप्रसाद ओली, जेष्ठ नागरिक समाज झापाका अध्यक्ष हरिप्रसाद ओली, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, पोखरी हाई स्कुलका पूर्व प्रअ हरिनारायण भट्टराई, अनिरुद्र ओली, हर्कलाल गिरी, चन्द्रप्रसाद बजगाईं, मनमोहन प्रतिष्ठानका रजिस्ट्रार दिलनाथ फुँयाल, त्रिलोचन संग्रौला, साङवेद विद्याश्रमका गुरु दामोदर, अध्यक्ष छन्दुराम भण्डारी, तत्कालीन चारपाने गाविसका अध्यक्ष प्रेमप्रकाश सिटौला, रामप्रसाद सिटौला, टीकादेवी ओली लगायत डेढसय जति सहभागिता रहेको थियो ।
लेखकका भाइ कान्छा देवीप्रसाद ओलीले स्वागत गरेर सुरु भएको कार्यक्रममा कृति ‘मेरो जीवन यात्रा’ पुस्तकको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गर्नुभयो । छोरा भवानीप्रसाद ओलीले बुबाको पुस्तक प्रकाशन गर्दाका अनुभवहरू सुनाउँदै बुबाको जीवनवृत्तान्त बुबाकै कलमबाट लेखिएर प्रकाशन गर्न पाउँदा सारै खुसी लागेको र छोरो हुनुको नाताले यो गर्न पाउँदा गौरव बोध भएको सुनाउनुभयो । यसपछि घोस्ट राइटिङका कमल ढकालले पुस्तक लेखन तथा प्रकाशन बारेका केही कुरा सुनाउनुभयो ।
यसपछि लेखकले वडो राम्रो कार्य यस उमेरमा आएर गर्नुभएकोमा लेखक विष्णुप्रसाद ओलीलाई धन्यवाद दिने र उहाँप्रति शुभकामना व्यक्त गर्ने क्रम चल्यो । यस क्रममा बद्रीप्रसाद ओली, विर्तामोड नगरका उपप्रमुख नगेन्द्र संग्रौला, कन्काई नगरप्रमुख राजेन्द्र पोखरेल, विर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, दिलनाथ फुँयाल, पुण्यप्रसाद खरेल, मनकुमार गौतम तथा प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले शुभकामना दिनुभयो । अन्तमा लेखकले सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नुभयो ।
पुण्य खरेल, झापा
Subscribe
Login
0 Comments
Oldest












































