साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मागेर पत्नी पनि काम चल्ला ?

रोपिन्छ बाली गमला सजाई अहो गलैँचा सहजै फिजाई भोका र नाङ्गा पथमा कराए धनी पुजारी दुधले नुहाए ।

Nepal Telecom ad

माटो धराको उपहार हाम्रो
सहिष्णु राखे जगतै छ राम्रो
तेरो र मेरो किन रोष राख्नू
न लान्छ बोकी कति दोष फ्याक्नु ?।।

हेर्दा छ अम्बा भनियो सुपारी
अमूल्य भाषा नबनोस् भिकारी
नेपाल प्यारो अनि भेष प्यारो
बिगार्छ भाषा तब बुझ्न गाह्रो ।।

प्रज्ञा धराको प्रिय पात्र जानी
तुहिन्छ छोरी जब जानजानी
नेता बडार्ने सपना बुनियो
स्वतन्त्र नेता सबमा चुनियो ।।

रोपिन्छ बाली गमला सजाई
अहो गलैँचा सहजै फिजाई
भोका र नाङ्गा पथमा कराए
धनी पुजारी दुधले नुहाए ।।

खोला नदीमा जति भेद हुन्छन्
अशुद्ध सुन्दा उति खेद हुन्छन्
पानी र आगो सम हुन्न हुन्न
सिकाउँ विद्या कम हुन्न हुन्न ।।

बोकेर चुप्पी अखबार भर्छन्
तुईन काटी उपकार गर्छन्
सुगन्ध फैल्यो नगरेर हल्ला
मागेर पत्नी पनि काम चल्ला ?।।

सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x