सुलसुलेअविरल यात्रामा कवि आचार्यका एक दर्जन कविता
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६९ औँ शृङ्खलामा प्रगतिवादी कवि डा.भागवत आचार्यका एक दर्जन कविता तथा गीत गुञ्जिए ।

काठमाडौं । असार ११ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६९ औँ शृङ्खलामा प्रगतिवादी कवि डा.भागवत आचार्यका एक दर्जन कविता तथा गीत गुञ्जिए ।
ाष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, महासङ्घका सचिव राममणि ढुङ्गेल, प्रगतिशील लेखक सङ्घका केन्द्रीय महासचिव डा.देवी दुलाल क्षेत्री, प्रा.डा.ऋषिराम शर्मा, वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, कवि डा.भागवत आचार्य र उहाँकी जीवनसङ्गिनी उर्मिला पोखरेल, डा.गोविन्दप्रसाद आचार्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अविरल जनसाहित्य यात्रा संयोजन समितिकी संयोजक यशोदा अधिकारीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा सङ्घका महासचिव प्रकाश सिलवालले डा.भागवत आचार्यको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै नेपाली प्रगतिवादी साहित्यको साधनामा समर्पित रहेका, ‘कविता सिद्धान्त र नेपाली कविता’ समालोचना २०५८, ‘मनलाई सम्बोधन’ कवितासङ्ग्रह २०६६, ‘उज्यालोतिर’ गीत-गजल सङ्ग्रहलगायतका कृतिको प्रकाशन गरिसकेका, नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित ‘मिर्मिरे’ अर्धवार्षिक साहित्यिक पत्रिकाको सम्पादन गरिरहेका स्रष्टा आचार्यलाई आजको विशेष समारोहमा एकल कवितावाचनका लागि प्रस्तुत गरिएको धारणा राख्नुभयो ।
समारोहको अध्यक्षता गर्दै राम विनयले कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको बताउनु भयो । उहाँले कवि आचार्य र आचार्यकी जीवन सङ्गिनीलाई माल्यार्पण समेत गर्नुभयो ।
कवि डा.भागवत आचार्यले विगत छ वर्षदेखि अविरल सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आफू प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता जाहेर गर्नुभयो । कविताले युगको चेतना अभिव्यक्त गर्ने सामथ्र्य राख्दछ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उहाँले मुलुकबाट युवा विदेश पलायन भइरहेका छन् तर तिनीहरू सिप सिकेर जाउन् भन्ने चाहना आफ्नो रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा सबै कविता आफैँले वाचन गर्दै ‘के अर्थ भो ?’, ‘विदेशिएका युवासँग’, ‘मेरो लुम्बिनी’, ‘हत्केलामा लिएर समृद्धि’, ‘पूणर्िमा बोधीवृक्ष’, ‘बिर्खे दर्जीको विज्ञप्ती’, ‘सारङ्गीको धुन’, ‘लाटोकोसेरोलाई अँध्यारो मन पर्छ’, ‘थाल’, ‘आफ्नै लयको पर्खाइमा’ र ‘बुद्ध निर्यात गरिएपछि’ शीर्षकका गरी सातओटा गद्यलयका कविता अनि ‘आजको प्रार्थना’ कविता वाचन गर्नुभयो । बिचमा डा.आचार्यद्वारा लिखित शिशिर योगीको गायन रहेको गीत पनि प्रस्तुत भएको थियो ।
महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपानेले अविरल जनसाहित्य यात्राको यो अभियान कला, साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान हो । साहित्यका माध्यमबाट सामाजिक यथार्थको प्रतिविम्बन गर्दै ऐतिहासिक अभिभारा पूरा गर्ने र साहित्यका माध्यमबाट समाजवादसम्म पुग्ने यात्राका लागि गर्नुपर्ने क्रान्तिको प्रतिनिधित्व गर्ने यो कार्यक्रम ज्यादै महत्त्वको रहेको र आजका कविका सिर्जनाले स्पष्टरूपमा रूपान्तरणको आग्रह गरेका हुँदा कार्यक्रम गरिमामय भएको धारणा राख्नुभयो ।
वाचित कवितामाथि टिप्पणीसमेत गर्नुहुँदै प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले आजको यो विशेष महत्त्वपूणर् कार्यक्रममा तेरओटा कविता र गीत सुन्यौँ । सिर्जनामा दृष्टिकोण अनिवार्य सत्य हो । वस्तुको स्वरूप एउटै हुन्छ तर त्यसलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । साहित्य, राजनीति वा अन्य जुनसुकै क्षेत्र होस् त्यहाँ दृष्टिकोण हुन्छ नै । माक्र्सवादले निम्न वर्गको पक्षधरता लिन्छ । इतिहासका पक्षलाई हेर्ने द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र माक्र्सवादको अध्ययन, परिमार्जन र चिन्तन गरेर अगाडि बढ्दा नै माक्र्सवादले सार्थकता पाउँछ । त्यसैले चिन्तनपरम्परामा बौद्धिक पुनर्जागरण आवश्यक छ । वैदिक काल र उपनिषद् कालका चिन्तनमा महानता छ त्यसपछि विशदरूपमा चिन्तन गरिएकै पाइँदैन । सांस्कृतिक रूपान्तरणका लागि यी सबै चिन्तनमा पनि परिमार्जन आवश्यक छ । हामीकहाँ राजनीतिक क्रान्ति सफल भयो भने सबै ठिक हुन्छ भन्ने र सांस्कृतिक चिन्तनमा रूपान्तरण नगर्ने प्रवृत्ति आफैँमा गलत रहेको छ । सफल भएको भनिएको राजनीतिक क्रान्तिपछि पनि द्वन्द्व सिर्जना भएको देखिनु सांस्कृतिक र वैचारिक रूपान्तरणका पक्षमा चिन्तन नगरिएकाले हो । विचार निर्माण गर्ने बौद्धिकहरूले नै हो, सत्य र न्यायका पक्षमा बोल्नु र लेख्नु आवश्यक छ अनि मात्र समाज रूपान्तरणको यात्रा तय हुन्छ । नेपालको जेठो प्राज्ञिक गौरव वेद, उपनिषद्, बुद्ध दर्शन, मीमांसा दर्शनको खोजी र अनुसन्धान अहिले भएको छ । इतिहास मासेर वर्तमान निर्माण हुनसक्तैन भन्नु भयो ।
आजको यो विशेष समारोहमा केन्द्रीय बैङ्कका प्रशासक पनि कवि पनि रहेका डा.भागवत आचार्यका कविता हामीले सुन्यौँ । अर्थशास्त्रका पनि र नेपाली साहित्यका पनि साधक रहेका कविले शिक्षानुसारका योगदान गरेको देखिन्छ । छओटा छन्दका र छओटा गद्यका कविता, एउटा उठान कविता अनि एउटा गीत हामीले सुन्यौँ । कवितामा कविको दृष्टि स्पष्ट अभिव्यञ्जित भएको छ । चिन्तनमा यदाकदाबाहेक स्पष्टता छ । समष्टि चिन्तन व्यक्त भएको छ । हाम्रो समाजमा चरम पुँजीवाद, चरम उपभोक्तावाद हुर्किएको छ, नेपालको संविधानमा समाजवाद उल्लेख भएको भए पनि वर्तमानमा समाजवाद छँदै छैन । गणतन्त्र वा लोकतन्त्रअनुसारको आचरण नभएको आक्रोशका माध्यमबाट कविले समाजवादी चिन्तनको आवश्यकताको वकालत गरेका छन् । धर्म भनेको प्रतिज्ञा हो, धर्मले विरोधाभाष सिर्जना गर्दैन तर प्रचलनमा रहेको धर्मको बुझाइ चाहिँ परम्परा हो । कविले राष्ट्रप्रेम र राष्ट्रिय उद्यमशीलताका पक्षमा वकालत गरेका छन् । नेपाली भूमि सबै नै ऊर्वर रहेको छ, प्रकृतिले आफैँ बनाएको देशलाई हामीले उपभोग गर्ननसकेको मात्र हो भन्ने कविको ठम्याइ सही रहेको छ । बुद्ध नेपाल तथा एसियाका मात्र तारा होइनन् संसारकै तारा हुन् भन्ने यथार्थबोध गराउन खोजिएको छ ।
भागवतका कवितामा आशावादी जीवनदृष्टि सम्प्रेषण गरिएको छ । कवितामा पौराणिक, दार्शनिक विम्बको प्रयोग भएको छ; भाव, कला, विचार र शिल्पको संयोजन भएको छ । दलितमाथिको विभेद र शोषणका प्रति निर्मम आक्रोश व्यक्त गरिएको छ र समाजमा छुवाछुत कायम रहेसम्म समुन्नत समाज निर्माण हुनसक्तैन भन्ने सन्देश सम्प्रेषण गरिएको छ । कवितामा श्रमको सम्मान नभएकोमा चिन्ता पनि जाहेर गरिएको छ । मनोवैज्ञानिक रूपान्तरण आवश्यक छ भन्ने सन्देशका साथ कविता विम्ब र प्रतीकमय हुँदाहुँदै पनि सुबोध्य रहेका छन् । कवितामा युद्ध बाहुबलले होइन विचारले गर्नुपर्छ भन्ने आशय अभिव्यक्त गरिएको छ । समाजमा लाटोकोसेराको प्रवृत्ति जताततै छ, स्वार्थपूणर् यात्रा र फरबदल घातक कुरा हो, घिनलाग्दो कुरा हो भन्दै मान्छे स्वार्थी भएकामा चिन्ता व्यक्त गर्नुका साथै राष्ट्रिय भावना, विश्वबन्धुत्वका पक्षमा वकालत गरिएको छ चर्चा गर्नु भयो । विचार र कलाका दृष्टिले; विम्ब, ध्वनि, रस, अलङ्कारको सुन्दर प्रयोगका दृष्टिले कविता सशक्त छन् रहेको उल्लेखसहित तुलनात्मकरूपमा हेर्दा पद्य कविताभन्दा गद्य कविता बढी सशक्त रहेको धारणा राख्नुभयो ।
विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, टिप्पणीकार, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्ने डा.भागवत आचार्यले आफ्ना सिर्जनामा जनजीवनका सम्पूणर् भोगाइको जीवन्त चित्रण गरेको बताउनु भयो ।
उहाँले अर्को महिनामा ७० औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यमा योगदान गरिरहनुभएका डा.गोविन्दप्रसाद आचार्यलाई प्रस्तुत गर्ने जानकारी सहित उहाँका एक दर्जन कविता श्रवण गर्नका लागिसबैलाई निम्ता गरिने बताउँकार्यक्रमको समापन गर्नुभएको थियो ।
-रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest











































