सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

असार पन्ध्र

के नेपाल सुखी भयो भन तिमी देखिन्न केही तर । बेची देश सबै उमार गमला बाली तिमी नै छर ।।

Nepal Telecom ad

आयो मास असार पन्ध्र घरमा काका बसे सानले ।
कालो कोट छ साथमा छ गमला रोपी बसे धान रे ।।
माला चन्दनले चिटिक्क सजिदै ओढेर खादा बसे ।
यस्तो सुन्दर धानको दिवस खै को खेतबारी पसे ।।

नेता बन्न कहाँ छ सख्त सजिलो माटो धुलौटे छ यो ।
रोपेको गमला भरिन्छ कसरी आश्चर्य नौलो भयो ।।
मेरा खेत सबै अनाज भरियो रोपी बसे शासक ।
जे देखेँ म त लेख्छु यो कलमले मान्दै नमानी धक ।।

ल्यायौ वाद अनेक यो मुलुकमा संस्कार तिम्रो धन ।
सम्झे खेत म देख्छु आज गमला के हो मलाई भन ।।
के नेपाल सुखी भयो भन तिमी देखिन्न केही तर ।
बेची देश सबै उमार गमला बाली तिमी नै छर ।।

यस्ता शासकको बयान कसरी गर्दैछ यो हेमले ।
मायामा किन देख्नु आपत सधैं चिन्थ्यो कहाँ क्षेमले ।।
आमोषी किन बन्छ शासक सधैं हेर्दा स्वयं प्रष्ट भो ।
आबाधा सहदै बसेछ जनता के दृश्य यो भ्रष्ट हो ।।

तिम्रो काम म देख्दथे अविहिती नारा उचाल्यौ तर ।
आफै खान्छ सधैं लुटी मुलुक जो बारी तिमी नै चर ।।
औंठा छाप म मात्र के मुलुकमा भेडा तिमी नै गन ।
देखे मास असार पन्ध्र रसिलो गोचन्दना नै बन ।।

पाटन- २ सिलंगा, बैतडी
हाल- पहलमानपुर, कैलाली

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ढेवा महिमा

ढेवा महिमा

हेमराज पन्त
विडम्बना

विडम्बना

हेमराज पन्त
छायातन्त्र

छायातन्त्र

हेमराज पन्त
नियतिको लीला

नियतिको लीला

हेमराज पन्त
हन्तकाली

हन्तकाली

हेमराज पन्त
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही