साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असार पन्ध्र

के नेपाल सुखी भयो भन तिमी देखिन्न केही तर । बेची देश सबै उमार गमला बाली तिमी नै छर ।।

Nepal Telecom ad

आयो मास असार पन्ध्र घरमा काका बसे सानले ।
कालो कोट छ साथमा छ गमला रोपी बसे धान रे ।।
माला चन्दनले चिटिक्क सजिदै ओढेर खादा बसे ।
यस्तो सुन्दर धानको दिवस खै को खेतबारी पसे ।।

नेता बन्न कहाँ छ सख्त सजिलो माटो धुलौटे छ यो ।
रोपेको गमला भरिन्छ कसरी आश्चर्य नौलो भयो ।।
मेरा खेत सबै अनाज भरियो रोपी बसे शासक ।
जे देखेँ म त लेख्छु यो कलमले मान्दै नमानी धक ।।

ल्यायौ वाद अनेक यो मुलुकमा संस्कार तिम्रो धन ।
सम्झे खेत म देख्छु आज गमला के हो मलाई भन ।।
के नेपाल सुखी भयो भन तिमी देखिन्न केही तर ।
बेची देश सबै उमार गमला बाली तिमी नै छर ।।

यस्ता शासकको बयान कसरी गर्दैछ यो हेमले ।
मायामा किन देख्नु आपत सधैं चिन्थ्यो कहाँ क्षेमले ।।
आमोषी किन बन्छ शासक सधैं हेर्दा स्वयं प्रष्ट भो ।
आबाधा सहदै बसेछ जनता के दृश्य यो भ्रष्ट हो ।।

तिम्रो काम म देख्दथे अविहिती नारा उचाल्यौ तर ।
आफै खान्छ सधैं लुटी मुलुक जो बारी तिमी नै चर ।।
औंठा छाप म मात्र के मुलुकमा भेडा तिमी नै गन ।
देखे मास असार पन्ध्र रसिलो गोचन्दना नै बन ।।

पाटन- २ सिलंगा, बैतडी
हाल- पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x