साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेहाल छ

‘शक्तिको भक्तिमा जो मजा, अन्त खै ? बेमजाको अरू भक्ति हो व्यर्थकैै !’ गूढ यो मर्मलाई बुझेरै सधैँ शक्तिको भक्तिमा छन् जुटेका सबै ।

Nepal Telecom ad

खै बताऊँ म के ! आज के हाल छ ?
आज नेपालको हाल बेहाल छ
लूट, हत्या, बलात्कार सामान्य छ
दण्डनीयै यहाँ पूज्य-सम्मान्य छ

राज्यको नीति नै आज दिग्भ्रान्त छ
जाति-विद्वेषले देश आक्रान्त छ
दम्भ-दुर्भावना व्याप्त दुर्दान्त छ
सौम्य नेपाल यो खिन्न, विक्लान्त छ

देवको स्थानमा भूतको मान छ
धुन्धुकारीहरूको यशोगान छ
सत्य-निष्ठाविनाको अनुष्ठान छ
हेर, प्रज्ञाविनाको प्रतिष्ठान छ

योजनाहीन नै योजनाकार छ
भूमिकाशून्य जो,भूमिकाकार छ
व्याप्त सर्वत्र यस्तै अनाचार छ
न्यायको देशमा न्याय लाचार छ

‘काम राम्रो कुनै होस् कि बेकार होस्
वाहवाही लिने स्वप्न साकार होेस्
ढ्वाङ सक्तो फुकी गर्नु आफ्नै स्तुति’
झाङ्गिएको छ ऐले नयाँ ‘संस्कृति’

मारमा छन् परेका यहाँ संस्कृति
नित्य मौलाउँदै छन् नयाँ दुष्कृति
हुन्छ साम्राज्य धुत्र्याइँको नै जहाँ
सुन्छ सौजन्यको बात कस्ले त्यहाँ ?

आज उम्दा गनिन्छन् यहाँ पित्तल
‘स्वणर्’ ओझेलमा पार्न हुन्छन् छल
छैन चोखो कुनै क्षेत्र यौटै पनि
छन् सबैमा छिरेका लुटेरा खुनी

रूप तिन्का अहो ! छन् अनेकौँ थरी
फस्छ सादासिदा चिन्न गाह्रो परी
हाटमा, घाटमा, घात लाईवरी
मक्ख पर्छन् सिकारी भकारी भरी

कूटभाषा छ बुझ्नै नसक्ने गरी
गूटकै, झूटकै चल्छ दादागिरी
क्षेत्र सारा तिनैको छ बिर्तासरि
फल्छ खेती विनामेघ वर्षैभरि

‘शक्तिको भक्तिमा जो मजा, अन्त खै ?
बेमजाको अरू भक्ति हो व्यर्थकैै !’
गूढ यो मर्मलाई बुझेरै सधैँ
शक्तिको भक्तिमा छन् जुटेका सबै

काम खस्रो यहाँ चल्छ चिप्लो कुरा
को छ विश्वासिलो ? पर्नु कस्को भर ?
भन्नु आफन्त को ? को पराई अनि ?
चिन्न गाह्रो, अँध्यारो छ बत्तीमुनि

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x