साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्ट पथ

पथ सात फिटे धन लाख लुटे । दलका भरिया सब देख्छु जुठे ।। अब बोक्दिन है दलको पगरी । मन बाग फुलाउँछ यो लहरी ।।

Nepal Telecom ad

किन रोचक देख्छु सधैं पथ यो ।
भतुवा र दलाल मिले रथको ।।
किन सुन्दर शान्त विकास दिने ।
पथ भ्रष्ट यहाँ सब आज चिने ।।

धन दौलत माझ दलाल बिके ।
किन साधु बने किन चोर्न सिके ।।
मिहिका मनमा कसरी म हिँडौ ।
बलवान् तिमी कसरी म भिँडौ ।।

अब राज गरी बस है डमरु।
कविता लय, छन्द उनेर भरुँ।।
तमता सब तर्फ छरी खलले ।
जडता अब फाल्छु यहाँ बलले।।

तपुषी मनमा कति बग्छ यहाँ ।
छ विकास नयाँ अब मिल्छ कहाँ ।।
मन कल्मष, शुद्ध छ ज्ञान भरी ।
अब भुर्भुर पङ्ख फिजाउ चरी ।।

पथ सात फिटे धन लाख लुटे ।
दलका भरिया सब देख्छु जुठे ।।
अब बोक्दिन है दलको पगरी ।
मन बाग फुलाउँछ यो लहरी ।।

नव ज्ञान छरौ म चिरी मिहिका ।
बदनाम सदैव हुनेछ फिका ।।
कविता गुलिया म छरौ रसका ।
गुणगान गरौं म यहाँ कसका ।।

जब देख्छु समान यहाँ किन खै ।
सब ज्ञान,विवेक गरी चिन है ।।
अझ ताप पुगेछ यहाँ रविको ।
म त हेम र क्षेम बने कविको ।।

पाटन २ सिलंगा, बैतडी
हालः- पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x