साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनोस् लुतो फालौँ

जति फाले नि आइरहँदा कुटुकुटु खाइरहँदा रगत पसिना चुसेर भित्रभित्रै खोक्रो बनाइरहँदा सञ्चो मानेर कतिन्जेल कनाइरहने सिङ्गो ढुकुटी यसैमा कतिन्जेल खनाइरहने ?

Nepal Telecom ad

तीस बर्षे लुतोले खङ्गरङ्गै बनायो
उठ्नै नसक्ने गरि डङ्गरङ्गै ढलायो
बल्लतल्ल जुर्मुराउदै
सकि नसकि धुर्मुराउदै
छयालीस सालमा अलछिना लुुतो फालेकै हो
लुतोको नाममा कालो मुस्लो बालेकै हो
पुराना लुतुङ्ग्रेका मुर्ति र शालिक ढालेकै हो
त्यहि बर्षदेखि लुतो झन् आङभरि आयो
देखाउनै नमिल्ने गरि जाङभरि आयो
हिँड्नै नमिल्ने गरि टाङभरि आयो
निको भएन लुतो बल्झीबल्झी आयो
वाक्क दिक्क हुनेगरि अल्झीअल्झी आयो

त्यसै भएर फेरि
बैसठ्ठी/त्रिसट्ठी सालमा पनि
लुतो फालेकै हो
लुतोको नाममा टायर बालेकै हो
सडक पुरै गालेकै हो
लुतोका बचे कुचेका अवशेष ढालेकै हो

तर के गर्नु
त्यसै सालदेखि
लुतो झन् झन् खनिएर आयो
सर्वहारी नायक झैँ बनिएर आयो
शरीर पुरै चिलाई चिलाई खायो
रगत र मासु मिलाई मिलाई खायो

जति फाले नि आइरहँदा
कुटुकुटु खाइरहँदा
रगत पसिना चुसेर
भित्रभित्रै खोक्रो बनाइरहँदा
सञ्चो मानेर कतिन्जेल कनाइरहने
सिङ्गो ढुकुटी यसैमा
कतिन्जेल खनाइरहने

त्यसैले आउनोस्
अब लुतोलाई नपालौँ
अगुल्टोहरू बालौँ र
झोसेर यसको मुखमा
घरको धुरी कटाउँदै
सदाको लागि फालौँ
र समृद्धिको दियो बालौँ ।
इति

(लुतो मन्त्र फुक्ने झाँक्री सिस्नुपानी मकवानपुरका मुखिया हुन्)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x