साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यानडामा कविताको कम्पन

नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा जुलाई १६ शनिबारमा दिन दोश्रो सीमा वारिपारि काव्य सङ्गम कार्यक्रमको आयोजना क्यानडाकाे नायाग्रा फल्समा सम्पन्न भयो ।

Nepal Telecom ad

नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा जुलाई १६ शनिबारमा दिन दोश्रो सीमा वारिपारि काव्य सङ्गम कार्यक्रमको आयोजना क्यानडामा अवस्थित विश्वप्रसिद्ध नायाग्रा फल्समा सम्पन्न भयो ।

अमेरिका र क्यानडाका ३५ जना कविहरूले आआफ्ना कविता वाचन गरेर तीन घण्टा त्यहाँको वातावरणलाई नै कवितामय बनाइदिएको थियो । क्यानडाका लागि नेपालका महामहिम राजदूत भृगु ढुङ्गानाको प्रमुख आतिथ्यमा हुने भनिए तापनि कारणवश महामहिम अनुपस्थित हुनु हुन्थ्यो ।

कविता वाचन गर्नेहरूमा क्रमशः कुसुमाकर शर्मा, खेम गुरागाईं, गणेश निरौला, गोपीकृष्ण काफ्ले, गोवर्द्धन पूजा, डा.गोविन्दसिंह रावत, दीपा राई पून, देवीराम थापा, निकिता शर्मा, पार्वती पाण्डे, पुण्यसागर मरहट्टा, रञ्जु चौधरी, रबिन घिमिरे, रबिन थपलिया, रबिन्द्र लम्साल, राजेन्द्र कार्की र राधिका कुसुम, सुशिल नेपाल, शेषराज दाहाल, शोभा गुरागाईं (खेम गुरागाईंको कविता वाचन),सजाता गरुुङ, सुरेन उप्रेती, तारा उप्रेती (सुरेन उप्रेतीबाट कविता वाचन), सुरेश ओली, हेम अधिकारी, कविता खरेल, रुक्मणी काफ्ले, शिशिर पाण्डे, चन्द्र पन्थी, कणर् बटाला र बिनोद पौडेल आदि रहनु भएको थियो ।

समाजका महासचिव मोहन खरेलको उद्घोषणमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष खेम गुरागाईं र सचिव पार्वती पाण्डेले स्वागत मन्तव्य र धन्यवाद दिनु भएको थियो भने कार्यक्रम संयोजक डा. गोबिन्दसिंह रावतले २०१८, ३० जुनका दिन नायग्रा फल्सकै अगाडि सम्पन्न भएको पहिलो सीमा वारिपारि काव्य सङ्गमको सफलतापछि कोभिडका कारण रोकिएको सीमा वारिपारि काव्य सङ्गमले निरन्तरता पाउँदै जाने र अर्को वर्ष अमेरिकाको नियाग्रामा आयोजना गर्ने विचार व्यक्त गर्नु भएको थियो । संयोजक डा. रावतले २०१८ र यस वर्षको समेत गरेर नियाग्रा कविता सङ्ग्रह प्रकाशन गर्ने बारे पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा अनेसासका नवनिर्वाचित अध्यक्ष गोवर्धन पूजाले सीमा वारिपारि काव्य सङ्गमलाई अनेसासले निरन्तरता दिनका लागि पहल गर्ने बारे बताउनु भयो । अमेरिका र क्यानडाका कवि, साहित्यकारहरूसँगै श्रोताहरूको उल्लेख्य मात्रामा उपस्थिति रहको, कार्यक्रममा विशेष आकर्षणका रुपमा आठ वर्षीय निभान काफ्ले र पाँच वर्षीय रौनक काफ्ले रहेका थिए । काफ्ले दाजुभाइको कविता वाचन र काव्य प्रस्तुति देखेर दर्शकले निरन्तर ताली बजाएर बालकविहरूको हौसला बढाएका थिए ।

कार्यक्रममा नेपालबाट भ्रमणमा रहनु भएका प्रा.ड़ा. ऋषिराम शर्माले कार्यक्रमको अन्यमा कविता विधाका बारेमा छोटो जानकारीसहित वाचन गरिएका कविताको भवभूमिबारेमा जानकारी गराउनु भयो । कार्यक्रमको अन्त्यमा नेपाली साहित्य समाज, क्यानडाले नायाग्राको चित्रसहितको प्रतिक चिन्ह समाजका अध्यक्ष खेम गुरागाईंले सबै कविता वाचक कविहरूसहित कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजकहरूलाई प्रदान गर्नु भएको थियो । नायग्रा फल्समा धेरै भीड रहेकोले यसपटक फल्सकै अगाडि रहेको चउरमा कार्यक्रम सम्पन्न भएको थियो ।

तस्वीर- शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x