साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गए !

बिहान बिउँझिदा अलि लाज भएछ कि कसो हो ! छोपछाप पार्न त्यही तन्दा दोव्य्राएर गए, सरसफाइ –कामदार मरिगएछन् घीनले भन्दैथिए– अनि केको समृद्ध नेपाल बनाउँछन् यिनले ?

Nepal Telecom ad

आउँदा सद्देजस्ता देखिन्थे,
जनताका गनगन सुन्दासुन्दा लखतरान् भैसक्यौं
त्यसैले याहाँ आरामसँग रात बिताउँन आको भन्दैथिए,
पार्टीभित्रको झगडा मिलाउँदैमा दिमाग पञ्चर हुन लागिसक्यो
त्यसैले जादूटुनाको रिहर्सल गर्न आको पनि भन्दैथिए ।
तर
साँझ छिप्पिँदै गएपछि ती सबै कुरा बिर्सिएछन् कि कसो हो,
आ–आफै भष्मासुर बन्दैगए ।

यतिउति भन्ने ख्यालै गर्न भुलेछन् क्यार,
देखे भेटेजति साँप्रा फिला चपाएर गए,
यो ऊ ब्राण्ड भन्ने पनि चिनेनछन् विचरा !
भएभरको झोल पदार्थ सुमर्क्याएर गए
पिउँदापिउँदै शौचालय छिर्नै नसक्नेगरी बेहोस भएछन् कि कसो हो ?
विस्तराकै भित्तो तुर्क्याएर गए,
रोगी ज्यानले कन्टिनेन्टलको गरिष्ठ भोजन पो कति थेगोस् र !
सुतेको डनलपमाथि नै गोब्र्याएर गए ।

बिहान बिउँझिदा अलि लाज भएछ कि कसो हो !
छोपछाप पार्न त्यही तन्दा दोव्य्राएर गए,
सरसफाइ –कामदार मरिगएछन् घीनले
भन्दैथिए– अनि केको समृद्ध नेपाल बनाउँछन् यिनले ?

काठमाडौंं
९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x