साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूर्खाधिपति

पत्रकारहरूलाई मेरो मूर्ख बन्ने योजनामा अब कुनै शङ्का रहेन । मेरो मूर्ख हुने योजना सुनेर उनीहरू छक्क परे । मेरो घोषणा र योजना सुनेपछि मलाई यो देशको मात्र नभएर संसारकै नामूद मूर्खको पगरी गुताईदिन पत्रकारलाई पनि अफ्ठेरो परेन ।

Nepal Telecom ad

विगत केही समयदेखि म दिक्दारी मानेर बसेको थिएँ । यस्तैमा अचानक मलाई दिव्य ज्ञान प्राप्त भयो- “धर्तीमा जन्म लिएपछि यसरी धर्तीको बोझ भएर त बाँच्नु भएन । केही न केही नयाँ त गर्नैपर्छ । त्यो पनि सामान्य होइन, कीर्तिमान कायम हुने खालको काम हुनुपर्छ ।”

कीर्तिमान कायम गर्न अरुले पहिले नै गरिसकेको काम गरेर संभव थिएन । “त्यस्तो अरुले नगरेको काम के होला ?” म सोचमग्न भएँ ।

आफ्नो वरिपरिको पर्यावरण सम्झेँ, देशभित्रका गतिविधि सम्झेँ, देशबाहिरका मान्छेहरूतिर दिमाग घुमाएँ । सबैतिर विद्वान् मात्र छन्, सबै ज्ञानी मात्र छन्, सबै सभ्य मात्र छन्, सबै कुनै न कुनै उपाधिधारी मात्र छन्, सबै गुण नै गुणले भरिपूणर् मात्र छन्, गुण नभएका कोही छैनन् ।

यो संसारमा भएका सबै गुण कुनै न कुनै मान्छेले धारण गरिसकेका छन् । अनि आफैँले आफैँलाई प्रश्न गरेँ- “उसो भए अब मैले त्यस्तो नयाँ काम के गर्ने ? कि धर्तीको बोझ नै भएर बस्ने त ?”

“अहँ ! म धर्तीको बोझ भएर बाँच्दिनँ । मैले केही न केही त बन्नुपर्छ र संसारमै कीर्तिमान कायम गर्नुपर्छ । नगरे जन्म व्यर्थ हुन्छ । त्यसैले केही नगरी म बस्दै बस्दिनँ ।” मैले अठोट गरेँ ।

मलाई जसरी पनि कीर्तिमानी कायम गर्नु थियो । दिमागमा नयाँ आइडिया आयो- “विद्वान्, ज्ञानी, सभ्य, गुणी, असल सबै अरु भए त के भो ? मूर्ख त यो संसारमा कोही छैन नि । त्यसो भए म अब मूर्ख बन्छु र विश्व रेकर्ड राख्छु ।”

मैले मूर्ख बन्ने अठोट गरेँ । आफ्ना सहयोगीहरूलाई मूर्ख बन्ने घोषणापत्र तयार गर्न लगाएँ । पत्रकार सम्मेलन गरेर आफ्नो घोषणापत्र सार्वजनिक गर्ने योजना बनाएँ । निर्धारित समयमा पत्रकार जम्मा भए । पत्रकारसामु मैले भनेँ :

पत्रकार मित्रहरू- “म अब मूर्ख बन्दैछु ।”
मूर्ख बन्ने मेरो कुरा सुनेर पत्रकारहरू गलल्ल हाँसे । र भने- “तपाईँ कतै पागल त हुनु भएन ? दिमाग त ठीक छ तपाइँको ?”

“म पागल होइन, ठीक छु । तपाईंहरू मेरो कुुरा सुनेर नहाँस्नुस् । बरु मेरो कुरा राम्ररी सुन्नुस् र मनन गर्नुहोस् ।”
पत्रकार मेरो कुरा सुन्न तयार भए । मैले बोल्न सुरु गरेँ-

अबदेखि ः-
म भ्रष्टाचार गर्दिनँ ।
म अरुलाई दुःख दिन्न ।
म अरुको केही लिन्न ।
म झुटो बोल्दिन ।
म कानूनको पालना गर्छु ।
म कसैलाई गाली गर्दिनँ ।
म इमान्दार बन्छु ।
म देशलाई माया गर्छु ।
म सत्मार्गमा हिँड्छु ।
म सादा जीवन व्यतित गर्छु ।
म ठूलालाई आदर र सानालाई माया गर्छु ।
म गरिब दुखीलाई सहयोग गर्छु ।
म सधैँ मानव सेवामा समर्पित हुन्छु ।

पत्रकार सम्मेलनमा मेरो कुरा सुनेर पत्रकारहरू एक आपसमा मुखामुख गर्न लागे । अनि एक जना पत्रकारले जुरुक्क उठेर भन्यो- “तपाईंले के भन्नुभएको यस्तो ? अहिलेको जमानामा यो सब त मूर्खले मात्र गर्छ ।”

“हो । म त्यही त भन्दैछु । त्यसैले त अब म मूर्ख बन्दैछु र विश्व रेकर्ड तोड्दैछु ।” मैले उत्साहित हुँदै भनेँ ।

पत्रकारहरूलाई मेरो मूर्ख बन्ने योजनामा अब कुनै शङ्का रहेन । मेरो मूर्ख हुने योजना सुनेर उनीहरू छक्क परे । मेरो घोषणा र योजना सुनेपछि मलाई यो देशको मात्र नभएर संसारकै नामूद मूर्खको पगरी गुताईदिन पत्रकारलाई पनि अफ्ठेरो परेन ।

राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार माध्यमभरि मेरो कीर्तिमानी कायम हुने भयो । म मूर्ख मात्र नभएर विश्वकै नम्बर एक मूर्खाधिपति बनेँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x