साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उता कृष्णकृष्ण ! यता राधेराधे !!

“जय श्रीराम ! (थेगो) गधापच्चिसीमा एकमुरीको धोक्रो बोकि गाउँबेसी गरिन्थ्यो । भन्न त– “भैंसीलाई सिङको भारी“ हुँदैन भन्छ्न् । तर के गर्नु ? हेर त ऐले आफ्नो ओझ कम भए तापनि बुढो शरीर आफैलाई बोझ भैरहेछ ।

Nepal Telecom ad

चक्रपाणी भुईमा थचक्क बसेका छ्न्।दुबै हात पछाडि टेकेर सैसला खेले झैँ गरिराछ्न् । नातिनी रुपा ढोकामा उभिएर हाँस्दै– “हजुरबा तपाईंले एक्सर्साइज गरेको हो” भन्छिन् ।
“हे कृष्ण मुरारी (थेगो) ! हेर्न नानी उठ्न खोजेको ताकतै पुगेन ।”

“हे मुरारी हजुरबा ! तपाईंको ताकतले नपुग्ने भएपछि हामीलाई बोलाए भैहाल्थ्यो । ल मेरो ताकत पनि तपाईंकोमा जोड्छु” भन्दै हजुरबाको दुई पाखुरामा च्याप्प समातेर उठाउछिन् ।

सत्तरी नाघेका चक्रपाणी र दन्डपाणी दुबै बिधुर हुन । अरु बुढाहरूसँग गफिंदा उनीहरूका श्रीमतीका प्रसङ्गसमेत चल्ने गर्थे । यस्तोमा यी दुईको मन चसक्क हुन्थ्यो । अर्धाङ्गिनी नभएको कारणले यी दुबैमा निकटता बढेको हो । चक्रपाणी अलिअलि कविता पनि कोर्छन् । तर श्रोता भने सधैं दन्डपाणी मात्र । दन्डपाणी नआएमा बुहारीलाई– “जय कृष्ण मुरारी ! दन्डे आएन नि, बिरामी प¥यो कि ? फोन गरेर बुझ त ?” भन्थे ।

सधाझैँ दन्डपाणी एक बजे आइपुग्छन् । दुबै गफिदै थिए । बुहारीले हलुवा र दुई कचौरा मासु खाजा राख्छिन् । चक्रपाणी– “हे कृष्ण मुरारी ! तेरो त बङ्गारा छ्न् र सजिलो हुन्छ । मेरो लागि कुकरमा मज्जाले गलाउछ्न् । मासुको तिर्सना जाग्छ के गर्नु ? जिन्दगी यस्तै हो बाबै ।” भन्छ्न् ।

दन्डपाणी– “जय श्रीराम ! (थेगो) गधापच्चिसीमा एकमुरीको धोक्रो बोकि गाउँबेसी गरिन्थ्यो । भन्न त– “भैंसीलाई सिङको भारी“ हुँदैन भन्छ्न् । तर के गर्नु ? हेर त ऐले आफ्नो ओझ कम भए तापनि बुढो शरीर आफैलाई बोझ भैरहेछ । जय श्रीराम ! सम्झि त, हामी सातआठ वर्षको छँदा– कसले पिसाब टाढा पुर्याउने भनी प्रतिस्पर्धा गरेको ।”

चक्रपाणी सन्दर्भ जोड्दै– “हे कृष्ण मुरारी ! अस्तिको कुरा तँलाई किन ढाँट्नु ? उठेर पिसाब फेर्दैथेँ, उहि नदीले बहाब फेरेझैँ तिघ्राबाट बहेर गएछ । शक्ति क्षण भएरै त होला ?”

“जय श्रीराम ! के गर्छस् बाबै ? सबै उमेरको खेल हो । आज बिहान खोकेर कफ थुक्या । निक्कै टाढा पुर्याएँ ठान्याथेँ । उही तेरै ताल भयो मेरो हाल– कमिजमै झरेछ । बुहारीले देखिछन् । रुमालले पुछ्पाछ पार्दिन् । आ ! छाड्दे यस्ता कुरा हिजोआज लेखेको कविता सुनौन ।”

चक्रपाणी– “हे कृष्ण मुरारी ! यहि थेगोसँग मिल्ने गौतम थरको कविले हिजो टिभीमा एकल महिला पुरुषलाई संकेत गरेर गज्जबको– “उता कृष्णकृष्ण यता राधेराधे” भन्ने शीर्षकको कविता सुनाए । तिनले त अचम्मको काम गरे । बाल, युवा, महिला आदि साहित्यको बिकासमा लागिपर्नेहरू थुप्रो छ्न् । तर बुढ्यौली साहित्यको लागि खै ?” भन्दै यस क्षेत्रमा लाग्न मकवानपुर जिल्लाको हेटौंडाबाट सुरुवात गरौँ भनी एक लाख रुपैयाँको अक्षयकोष घोषणा गरे ।”

दन्डपाणी– “जय श्रीराम ! हैन यस्ता खुस्केटहरू हाम्रो जिल्लामा मात्र हुन्छन् कि ठानेथेँ । अन्त नि रैछ्न् । मेरो थेगोसँग मिल्ने नामको खुस्केटले साहित्यिक संस्थालाई आँगन काटेर जग्गा दान दिएको सुनेथेँ । जय श्रीराम ! यस्ता वाहिहात काममा सम्पत्ति खर्चनेलाई पछि छोरानातिले लात हानेर घरबाट खेद्दा चाल पाउँछ्न् ।”

चक्रपाणी– “हे कृष्ण मुरारी ! कस्तो संकुचित सोच तेरो । यी त दातालाई अमर तुल्याउने र साहित्यको श्रीवृद्धिका खातिर गरिएको महान कार्य हो । यस्ता खुस्केट हरेक जिल्लामा २÷३ जना भैदिए साहित्यलाई मलजल हुन्थ्यो । बुढ्यौली साहित्यको लागि मैले आफ्नो वृद्धभत्ताबाट मासिक तीन सय दिने सोच बनाएको छु । हाम्रो साहित्यलाई हामीले टेवा नपुर्याए कसले पुर्याउँछ ? अझ कोहि दाताले बुढ्यौली मैत्री अस्पतालको खाँचो पनि टार्दै हुन्थो ।”

दन्डपाणी– “सहयोगको लागि म पनि छोरासँग सल्लाह गरौंला । जय श्रीराम त्यो गौतमको कविताको लाइन सुनान ! सम्झन सक्छ्स् ?”

“हे कृष्ण मुरारी ! मेरो दिमागमा ‘चट्याङ चट्याङ’ लागेका कविताका लाइन राति नै कापीमा टिपेको छु । लौ सुन–

राती झ्याल खोलेर बुढा ख्वाक्क खोक्छ–
उता बुढीको कोठामा बत्ती ट्वाक्क बल्छ ।
बुढो हत्तपत्त चस्मा खोज्न थाल्छ,
बुढी हत्तपत्त मुखमा दाँत कोच्न थाल्छिन् ।

बूढो उता जान मिलेन, बुढीका सन्तान छ्न्
बुढी यता आउन मिलेन, बुढाका सन्तान छ्न् ।
उता दमको स्याँस्याँ, यता बाथ दुख्छ
साझा एक्लोपनले दुबैलाई पोल्छ ।

दुबैले जीवन नजिकै बोलाए ।
उता कृष्णकृष्ण, यता राधेराधे….. यस्तैयस्तै थे ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x