सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आफ्नैको कालो कोट

के गर्नु पेशा हो भन्दै फिस बढाउदै केस लम्बाउँदै लानुभो आफ्नै आफन्तको भाग खोसेर थाहा छैन खुसीले कसरी खानुभो ।

Nepal Telecom ad

जहिले देखि आफ्नैले
कालो कोट लाउनुभयो
अलि अलि गर्दै गर्दे
सबै पो भ्याउनुभयो

लोग्ने स्वास्नीको ठाकठुक
मिलाउनुको सट्टा सुर्याउनुभो
घरायसी कुरो क्रमैले खोतल्दै
डिभोर्ससम्म पो पुर्याउनुभो

ढुक्क परियो विश्वास गरियो
कसरी शङ्का गर्नु आफ्नैलाई
कालो कोटमै दिएको सल्लाह
त्यसलाई कसरी भन्नु र नाइँ

पढाइ लेखाइ हुर्काएको छोरोले
आफ्नै बुवालाई पो मुद्दा दियो
माया गरे झैँ गरि दुहुना गाई
बनाउने उहाँकै चाल थियो

आजभोलि गर्दागर्दै वर्षौँवर्ष
अड्डा अदालत कति धाउनुपर्ने
टुङ्ग्याउलान् कि भनि आस गरि अझै
कालोकोटे उहाँलाई रिझाउनु पर्ने

जग्गा जमिन सम्पति सकिँदैगो
घरभित्रको झगडा ठिक हो कि हैन
घरपरिवार सबै छिन्नभिन्न भो
उहाँको मनमा दयामाया छ कि छैन

के गर्नु पेशा हो भन्दै
फिस बढाउदै केस लम्बाउँदै लानुभो
आफ्नै आफन्तको भाग खोसेर
थाहा छैन खुसीले कसरी खानुभो

छउन्जेल फासलफुसुल पारेर
माया गरे झैँ धाउनुभयो
सबैलाई टाँट पल्टाई दिएपछि
किन हो पर पर हुनुभयो

जहिले देखि आफ्नैले
कालो कोट लाउनुभयो
सुख र खुसी खोसेर
घर परिवारलाई रूवाउनुभयो ।

जुलाई २९, २०२२
लस एन्जेलस

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
खाने बानी परिसक्यो

खाने बानी परिसक्यो

राकेश कार्की
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’