साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नैको कालो कोट

के गर्नु पेशा हो भन्दै फिस बढाउदै केस लम्बाउँदै लानुभो आफ्नै आफन्तको भाग खोसेर थाहा छैन खुसीले कसरी खानुभो ।

Nepal Telecom ad

जहिले देखि आफ्नैले
कालो कोट लाउनुभयो
अलि अलि गर्दै गर्दे
सबै पो भ्याउनुभयो

लोग्ने स्वास्नीको ठाकठुक
मिलाउनुको सट्टा सुर्याउनुभो
घरायसी कुरो क्रमैले खोतल्दै
डिभोर्ससम्म पो पुर्याउनुभो

ढुक्क परियो विश्वास गरियो
कसरी शङ्का गर्नु आफ्नैलाई
कालो कोटमै दिएको सल्लाह
त्यसलाई कसरी भन्नु र नाइँ

पढाइ लेखाइ हुर्काएको छोरोले
आफ्नै बुवालाई पो मुद्दा दियो
माया गरे झैँ गरि दुहुना गाई
बनाउने उहाँकै चाल थियो

आजभोलि गर्दागर्दै वर्षौँवर्ष
अड्डा अदालत कति धाउनुपर्ने
टुङ्ग्याउलान् कि भनि आस गरि अझै
कालोकोटे उहाँलाई रिझाउनु पर्ने

जग्गा जमिन सम्पति सकिँदैगो
घरभित्रको झगडा ठिक हो कि हैन
घरपरिवार सबै छिन्नभिन्न भो
उहाँको मनमा दयामाया छ कि छैन

के गर्नु पेशा हो भन्दै
फिस बढाउदै केस लम्बाउँदै लानुभो
आफ्नै आफन्तको भाग खोसेर
थाहा छैन खुसीले कसरी खानुभो

छउन्जेल फासलफुसुल पारेर
माया गरे झैँ धाउनुभयो
सबैलाई टाँट पल्टाई दिएपछि
किन हो पर पर हुनुभयो

जहिले देखि आफ्नैले
कालो कोट लाउनुभयो
सुख र खुसी खोसेर
घर परिवारलाई रूवाउनुभयो ।

जुलाई २९, २०२२
लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x