साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अराजनीतिक पत्र

तनहुँतिर लोकल गाडीभित्र लेखेको यो प्रेम पत्र तिमी कहाँ पुग्ने अवस्था पक्कै नहोला । हातको पन्जा फिजाएर जय नेपाल मुठ्ठी उचालेर लाल सलाम हात जोडेर पशुपतिनाथले कल्याण गरून् !

Nepal Telecom ad

प्रिय विनोद,
ए रियल सन अफ नेपाल
योर ग्राण्ड पा केम टु नेपाल
हण्ड्रेड थर्टी इयर्स व्याक
नाउ यु डन नेपाल प्याक ।

दरवारभित्र पस्यौ
धीरेन्द्रको मनमा बस्यौ
दरवारलाई घारी
धीरेन्द्रलाई माली
ऐश्वर्यलाई पछारी
दरवार छियाछिया पारी
निस्केको दरवारको पानीले
कपडा पसलका जरा फिजायौ
टुसा उमार्दा उमार्दै
दरवार पछार्दा पछार्दै ।

सुटुक्क गिरिजा कालमा
महेशको थालमा
रामशरणको काखमा
उन्ययनका बाटा खोल्यौ
छोरी भित्र्यायौ
भान्जी पछार्यौ
शैलजाको दोहोलो राम्ररी काड्यौ
भट्टराराईलाई आश्रम पठायौ ।

प्रिय विनोद,
काल अनुसार बेला पछ्याउन सिपालु तिमी
प्रेमको सीपले द्रव्यमा प्रेम पत्र लेखी
सुटुक्क बल्खु दरवार छिर्‍यौ
को कोलाई दान, भेटी के के चढायौ
भुईं मुन्छेलाई के थाहा ?
तिनका सिद्धान्तभित्र द्रव्यरूपी
पिचासको स्थायी घरजम गरी
ध्वस्त पार्ने बिशाक्त बीउ राप्दारोप्दै ।

राणा महारानीको खटनमा
डडेल्धुरे जिम्वालको
प्रेमपत्र प्राप्त गर्‍यौ
बल्खु दरवार भूइँचालोले ढल्यो
तिमी जुरूक्क संसारमा उठ्यौ ।

ए रियल सन अफ नेपाल
कति भाग्यमानी तिम्रो कपाल
काँ काँका भूमी कसरी हडप्यौ
त्यो त राज्यका पुजारीलाई था होला
जसलाई तिमीले
गाँस, बास, कपास र सहबासको व्यवस्था गर्‍यौ ।

अहिले महारानीको खट्नमा
भावी जिम्वालको लगनमा
प्याडरूपी बिरुवा रोपी
हलिया प्रथा अन्त गर्न हिँडेको
कपाल कहिल्यै नफुल्ने
छुस्स दाह्रीका टुप्पा मात्र फुल्ने
रूकुमे कान्छोलाई
तिमीले तिम्रो हलिया राखेको देख्दा
म चाहिँ बेखुसी छैन है !

प्रिय विनोद,
मलाई ताजुव लाग्ने अचम्म मान्ने
उखान टुक्काले जुन तारा गन्ने
हात अगाडि जोडेर औला चलाउने
बुरूक बुरूक कुम हल्लाउने
नाक कोट्याउने चस्मा उचाल्ने
र्‍याल काड्नेसँग कुनै गुनासो छैन
रतारात दल अदलबदल गर्ने
भेटिघाटीमा बिक्नेहरूलाई केही भन्नू छैन ।
केवल तिम्रो हितैसीको नाताले
हेर्दैछु, तिमी इन
स्वर्णिम आउट !

यी तिम्रा राष्ट्ररूपी कमैयाहरूलाई राम्ररी
खटन्, पटन्, दलन् गर्नु
उठ बस गराउनु
मानेनन् भने श्रीमतीहरूलाई
राम्रै गहना र गुन्यूचोलो किनी दिनु
जानेबेला
धीरेन्द्रलाई जस्तै स्वाहा पार्नु !

तनहुँतिर लोकल गाडीभित्र लेखेको यो प्रेम पत्र
तिमी कहाँ पुग्ने अवस्था पक्कै नहोला ।

हातको पन्जा फिजाएर जय नेपाल
मुठ्ठी उचालेर लाल सलाम
हात जोडेर पशुपतिनाथले कल्याण गरून् !

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x