साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म-त-दाता

ऊ पनि मतको पोको पाएपछि झोली भरेको माग्ने झैँ भाग्ने छ र दुईचार वर्ष फर्कनेछैन । त्यतिबेला यो गरेन त्यो गरेन भनेर भन्नु दातालाई सुहाउँदैन ।

Nepal Telecom ad

दाता भनेको दिने हो । उसले लिन जानेको हुँदैन । दाताले केही पाउने वा केही लिने उद्देश्य राखेर केही दिएको छ भने त्यसलाई दाता नभनी लगानीकर्ता भन्नुपर्छ । दाता लगानिकर्ता हुन सक्दैन । दाताले मात्र दिन जानेको हुन्छ । निश्वार्थ दिन्छ र दिएको कुरा कतै नओकली बस्छ । अर्थात दिएको हिसाबकिताबको बही खाता ऊसँग हुँदैन । त्यस्तै दाता म पनि धेरै पटक भएको छु । मैले आफूलाई ‘म त दाता हुँ’ भनेको छु र धेरै पटक दान दिएको छु ।

अहिले नेपालको सरहदभित्र मतदानको कार्य सम्पन्न हुनै लागेको छ । यसका लागि धेरै याचकहरू हाम्रो घर दैलामा तपाईं दाता बनिदिनुस् र हामी याचकहरूको झोली भरिदिनुस् भोलि हामी केही गरेर देखाउँछौँ भनी आफ्नो कला देखाउँदै गला फुलाउन थालेका छन् । कसले कुन ठाउँबाट आफ्नो भलो हुन्छ, त्यहीँ खलो बनाएर गलो साफ गर्ने कार्य सुरु गरेका छन् । दातालाई फेरि झुक्याएर, मुक्याएर, भुक्याएर, कुकाएर कसरी हुन्छ आफ्नो बसमा पारेर आफ्नो झोलीतुम्बा भर्ने कार्यमा याचकहरू लागेका छन् । जहाँका दाता झुक्याउन सकिने, भुक्याउन सकिने छन् त्यतै याचकहरू गोहीका आँसु चुहाउँदै छेपारे रङमा आफूलाई रणमैदानमा उतार्दै छन् । चमेरे बुद्धि बिच्छ्याउँदै छन् । (चमेरे बुद्धि भनेको- पक्षी र जनावरको झगडा भएका बखत चमेराले जनावरसँग हुँदा म जनावर हँु, मेरा दाँत छन्, मेरा शरीरमा रौँ छन् । म तिमीहरूकै साथी हुँ । बरु पक्षीले तिमीहरूलाई तथानाम गाली गर्छन् भन्दै कुरा लगाएर बच्ने गरेको रहेछ । उता पक्षीसँग हुँदा म त पक्षी हुँ । उड्न सक्छु । म त तिमीहरूकै साथी हुँ । जनावरले तिमीहरूलाई आमाचकारी गाली गरेको सुनेर आएको हुँ भन्दै कुरा लगाएर खुब झगडा गराएछ । कालान्तरमा जनावर र पक्षीको सम्झौता भएर मेल भएछ । त्यस बखत चमेराको यथार्थ रूप थाहा पाएपछि दुवैले दुई जिब्रेलाई मार्न खोजेछन् । त्यही भएर चमेरो दिनभरि ओडारमा बस्छ अनि रातीराती मात्र चर्न निस्कन्छ रे ।) हाम्रा चमेरे नेताहरूको पनि त्यस्तै अवस्था नआओस् ।

‘मेरो छोरो गरी खान नसक्ने भयो केही दान पाऊँ न हजुर’ भन्नेले पछि हाम्रा लागि केही गर्छ भनेर दान दिँदैन दाताले । त्यसबाट पछि केही होला भन्ने सोचेको पनि हुँदैन । त्यस्तै मेरी श्रीमतीले, मेरा आफन्तले चुनाव लडेर खान नसक्ने भएकाले समानुपातिकमा उसलाई मतदान दिनुस् भन्ने नेताले यसो गर्छु उसो गर्छु भन्नु भ्रमपूणर् होला । त्यस्तालाई मतको दान दिने दाताले पछि केही गर्लान् भन्ने सोच्नु कति मूर्खतापूणर् कुरा हो, अनुमान लगाउन सक्नुहुन्छ नत्र हनुमान बन्नुहुन्छ ।

एक त दाताले दान दिएपछि याचकबाट केही पाउनु मूर्खतासिवाय केही होइन । दाता दिन्छ र हिन्छ । पछाडि फर्कँदैन । हामी अहिले मत-दाता हौँ । याचकले पाचक मागे पनि दिन्छौँ र हिन्छौँ । याचकले पनि दाताको उपर ‘भगवान् भला करे’ भन्दा बढी के भन्ला र । ऊ पनि मतको पोको पाएपछि झोली भरेको माग्ने झैँ भाग्ने छ र दुईचार वर्ष फर्कनेछैन । त्यतिबेला यो गरेन त्यो गरेन भनेर भन्नु दातालाई सुहाउँदैन । याचकले रोइकराई माग्यो, मागेको कुरा प्राप्त गर्‍यो र बाटो लाग्यो । कुरा ठुलो नै होइन ।

हामी दाता याने कि नागरिकले दान दिएको वस्तु वा सम्पत्तिमाथि वा त्यसको उपभोग गर्ने याचकमाथि कुदृष्टि लगाउनु पनि अधर्म हो । यो कुरा हाम्रा धार्मिक ग्रन्थ वा पुराणहरूमा वणर्ित छ । गीताको दोस्रो अध्यायको ४७ औँ श्लोकमा भगवान् कृष्णले भनेका छन्- कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन (कर्म गर त्यो अधिकार हो तर फलप्रति अधिकार हुनुहुँदैन ।) मतदान गर त्यो अधिकार हो । मतदान दिएपछि त्यसबाट प्राप्त हुने फलमा दान गर्नेले आशा गर्नुहुँदैन । आखिर व्यवहारमा पनि त्यही भइराखेको छ ।

दाताले दिएपछि मैले दिएको दानको फल मलाई हुनुपर्छ भन्नु पनि मूर्खता हो भनेर शास्त्रले भनेको रहेछ । अनि हामी जनता मत-दाता भएपछि पजेरोमा घुइँकिने, कमिसनमा फुइँकिने र अर्को पार्टीमा सुइँकिने नाथे मगन्ते नेतालाई यो गरिनस्, त्यो गरिनस् भनेर भन्न मिल्ला त हजुर ? कुरा बुझौँ । त्यसकारण म त दाता हुँ । म त दान गर्छु । अनि मैले दान दिएको याचकबाट केही आशा पनि गर्दिनँ । तपाईंहरूले पनि त्यसै गर्नुपर्छ । यो संसारको रीति हो । उसले मन लागेर गर्‍यो भने गर्‍यो नगरे पनि गरेन भन्नु चाहिँ दाताको धर्म होइन । त्यो धर्म निर्वाह गर्नुपर्ने यथार्थ त छँदै छ त्यसमाथि बाध्यता पनि छ । खुट्टा छोएर माग्नेले भने जत्ति पायो भने पछाडि फर्केर हेर्दैन । त्यो पनि उसको धर्म हो । त्यही धर्म मतको याचना गर्ने याचकले पनि पुरा गरेकै छन् नि ।

त्यसैले हामी मत-दाताहरूले मतको दान मात्र गर्ने हो कि राज्य चलाउनका लागि इमान्दार नेता छान्ने हो ? यो प्रश्नमा विचार पुर्‍याउनुपर्छ । दान मात्र गर्ने हो भने दाता भइन्छ । दाताको नाता लागेपछि पछि पाता फर्काउने कुरा गर्न पाइँदैन । जय म-त-दाता !

०००
जुरोपानी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x