साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनौठो भोक

क्वाप्प निल्न सक्छन्, भिटामिनको क्याप्सुल निले जस्तै सुगरका गोली निले जस्तै । अब यिनको भोक बीसको उन्नाइस हुन्छ तर यो अनौठो भोक शान्त भने कहिले पनि हुँदैन ।

Nepal Telecom ad

साँच्चै कति अनौठो भोक
न दाल भातले मेटिने
न त मकै भटमासले ।
अरुचि छदै छैन रुचि मात्र हुन्छ
हात खाली हुन्नन् मुख चलिरहन्छ
तैपनि खै मन पेट भरिन्न
भोक जागिरहन्छ ।

प्यास पनि उत्तिकै लाग्छ
प्यास लाग्दा पानी होइन
सानी खोजी गरिन्छ
आलो रगत पनि पिएको देखिन्थ्यो
सारा जगत पनि लिएको हो ।
भर्खर ढालेको मासु मनपराउँछन्
खोरबाट थुत्न आफ्नालाई अह्राउँछन्
यिनको छनौट अनौठो छ ।

तोकिएको दिन र स्थानमा
अनगिन्ती निरिहहरू र
केही सिल्ली हरू जम्मा गरिन्छन्
रगत र मासु भन्दा अघि
यिनीहरू भोटको शिकार गर्छन्
जसले मन र मस्तिष्कमा उर्जा थपिन्छ
जोश र जाँगर थपिदिन्छ ।

जब भोटको भोजन सकिन्छ
भोकको रुप परिवर्तन हुन्छ
भोक उग्र रुपमा बढ्दै जान्छ ।
नोट र सुनको सुगन्ध
पद र शक्तिको उन्माद
मान र प्रतिष्ठाको आडम्बरले
भोक झनै जाग्दै जान्छ ।

भोक तिव्र गतिमा बढिरहँदा
काठको कुर्सी मन पर्दैन
हड्डीको कुर्सी निर्माण गरिन्छ ।
हात समाउने र ढाड अड्याउने भाग
मासुका डल्ला र रगतले पोतिएको हुन्छ ।
त्यसपछि असामान्य रूपमा
पेट र वाणी बढ्दै जान्छ
दौराको फेरले नछोपिने गरि
कसैको चोर औंलाले नरोकिने गरि ।

भोक थामी सक्नु हुँदैन
हरेक पल बढिरहेको हुन्छ
अब भने भोक निकै उचाईमा पुग्छ
यिनीहरूले
सामुन्ने परेका सबै वस्तुहरू
क्वाप्प निल्न सक्छन्,
भिटामिनको क्याप्सुल निले जस्तै
सुगरका गोली निले जस्तै ।

अब यिनको भोक बीसको उन्नाइस हुन्छ
तर यो अनौठो भोक
शान्त भने कहिले पनि हुँदैन ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x