साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्तुपको आवाज

चोक, गल्ली र गोरेटोहरूमा अन्य थुप्रै स्तुपका आवाजहरू पुनः पुनः गुन्जिरहेका थिए ! - “आफू त परिवर्तन हुँदैनौ, अरूलाई कसरी परिवर्तन गर्छौ ?”

Nepal Telecom ad

विहानको समय थियो । बुद्धको मन्त्र लेखेको माने घुमिरहेको थियो । बटुवा हिंडिरहेका थिए । केही ढँटुवाहरू चोक चोकमा गफ हानिदिन्थे ।
– “यसपाली त घुम्ने भो, मजैले घुम्ने भो !”
– “ओंम मणि पद्मे हुँ कि अरू नै कुनै ?”
– “मानबहादुर !”

शिर अगाडि बुद्धको स्तूप थियो । भीरूहरूले स्तुपलाई तिन फन्का लगाइसकेका थिए । तर पनि स्तूप घुम्नेको भीड सकिने वाला थिएन । स्तूपको अगाडि अर्को एकजना आएर शिरमाथि हेर्‍यो । स्तुपको मस्तुल देख्यो । दण्डवत गर्‍यो । भन्यो –
– “भगवान मेरो पाप जति सबै नास होस् ।”

स्तूपमा गजक्क बसेका बुद्धले बुझे बुझेनन् । थाहा भएन तर दण्डवत गर्नेलाई अवश्य शान्ति मिल्यो होला नै । बुद्धको हृदयबाट धड्कन फुस्क्यो ।
– “धर्मको हिसाबकिताब गर्न बाँकी नै छ ।”

मैले उसलाई बाटोतिर देखेको थिएँ । फेरि ङिच्च पर्‍यो । बटुवातिर हेरेर भन्यो ।
– “धरोधर्म हजुर अब बेइमानी गर्दिन !”

बटुवाहरू पाटीमा थिए । पौवामा गुँडुल्किएका थिए । उनीहरू तुषारोको लगलग र शीतको तपतपले कामिरहेका थिए । अर्को महापापी आएर स्तुपलाई खुब नियाल्यो । आँखाहरू लठ्ठ थिए । फूल नैवेद्य बुद्धको मुखतिर हुर्‍याइदियो । हातको मुठ्ठी उठाइ उठाई बुद्धसँग आशीर्वाद माग्यो ।
– “सेवाको मौका त पाउँ ! भगवान कसम देखाइदिन्छु !”

झुस्स दाह्री थियो । गाला चाउरिएको, अनुहार कालै र कपाल सेतै भएको माग्ने नजिकै थियो । त्यो मान्छेको किस्मती कसम सुनिरहेको थियो । उसले हात पसारेर त्यो मान्छेलाई भन्यो ।
– “भोक लाग्यो । अलिकति खाने चिज देऊ न ?”

बुद्धको अगाडि यसपटक करूणाको स्वर थियो । उसले जाँदाजाँदै हकारेर भन्यो ।
– “काम गरेर खानु नि बरू ! मागेर हिंड्ने अल्छी !”

भुत्भुताउँदै स्तुपको पूर्व, पश्चिम, उत्तर र दक्षिणका आँखाहरू मानवीय समवेदना नभएको ढँटुवा मानिसतर्फ फर्केर आबाज निक्लन थाले ।
– “मल्लाहरू !”

चोक, गल्ली र गोरेटोहरूमा अन्य थुप्रै स्तुपका आवाजहरू पुनः पुनः गुन्जिरहेका थिए !
– “आफू त परिवर्तन हुँदैनौ, अरूलाई कसरी परिवर्तन गर्छौ ?”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x