साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशमा खिचडी अब

बालेर धिप्धिपे आगो ‘बीर’ बस्तछ पासमा, अग्लोमा छ कसौंडी र राप लाग्दैन खासमा, पारिबाट ठूलो आगो सल्काए बन्छ सम्भव, नत्र के पाक्नसक्ला र देशमा खिचडी अब ! ।

Nepal Telecom ad

धर्मवीर, दयावीर, दानवीर चुनावमा
युद्धवीर भई ‘बीर’ आए सर्वोच्च ठाउँमा
यतिका ‘बीर’ ले साझा खाद्यको तर्जुुमा जब
गर्लान् अवश्य नै पाक्ला देशमा खिचडी अब ।१।

पाकेछन् मास, मस्याम, वनमारा, चना सबै
वास्मती, मसिना, मोटा धान पाके जताततै
दालका जातझैं धेरै दलका जात छन् सब
दलदाल मिले पाक्ला देशमा खिचडी अब ।२।

ठगबन्धनमा हुन्छन् नम्बरी ठगका दल
सबली ठग बन्नाले देश बन्दछ दुुर्बल
दाल चामलझैं एकै भाँडामा मिसिँदा दल
लाग्छ अवश्य नै पाक्ला देशमा खिचडी अब ।३।

दालमा वनमाराको हुन्छ औसत नै गुुन
देशमा वनमाराको हमेशा हुन्छ बैगुुन
देशमारा, ज्यानमारा जित्छन् चुनाव-वैभव
मारा मारा मिले पाक्ला देशमा खिचडी अब ।४।

कुुनै ओखरका दाजु पाङ्ग्राका ससुुरा कुनै
भेडाका झुुण्ड छन् कोही च्याङ्ग्र्रा छन् बबुुरा कुुनै
बुुर्जुुवा, हचुुवा जो होस् बनिन्छ खञ्चुुवा जब
मिलेमतो भई पाक्ला देशमा खिचडी अब ।५।

वीर बन्दै कुुनै आए, आए बल गरी कुुनै
भान्से खिचडीको योग्य छैन ‘वीरबलै’ कुुनै
‘बीर’ चाहिँ निकै होलान् नाराका नरपुुङ्गव
नाराका भरमा पाक्ला देशमा खिचडी अब ।६।

हल्लिने सिमजस्ता छन् मसिना दल दल्दल
बाठाले भासमा ठोक्छन् किलो जो हुुन्छ दुुर्बल
छलले बलले डुब्लान् निकै दुुब्ला किला जब
देखिन्छ सजिलै पाक्ने देशमा खिचडी अब ।७।

बालेर धिप्धिपे आगो ‘बीर’ बस्तछ पासमा
अग्लोमा छ कसौंडी र राप लाग्दैन खासमा
पारिबाट ठूलो आगो सल्काए बन्छ सम्भव
नत्र के पाक्नसक्ला र देशमा खिचडी अब ! ।८।

०००
०७९/०८/१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x