सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देशमा खिचडी अब

बालेर धिप्धिपे आगो ‘बीर’ बस्तछ पासमा, अग्लोमा छ कसौंडी र राप लाग्दैन खासमा, पारिबाट ठूलो आगो सल्काए बन्छ सम्भव, नत्र के पाक्नसक्ला र देशमा खिचडी अब ! ।

Nepal Telecom ad

धर्मवीर, दयावीर, दानवीर चुनावमा
युद्धवीर भई ‘बीर’ आए सर्वोच्च ठाउँमा
यतिका ‘बीर’ ले साझा खाद्यको तर्जुुमा जब
गर्लान् अवश्य नै पाक्ला देशमा खिचडी अब ।१।

पाकेछन् मास, मस्याम, वनमारा, चना सबै
वास्मती, मसिना, मोटा धान पाके जताततै
दालका जातझैं धेरै दलका जात छन् सब
दलदाल मिले पाक्ला देशमा खिचडी अब ।२।

ठगबन्धनमा हुन्छन् नम्बरी ठगका दल
सबली ठग बन्नाले देश बन्दछ दुुर्बल
दाल चामलझैं एकै भाँडामा मिसिँदा दल
लाग्छ अवश्य नै पाक्ला देशमा खिचडी अब ।३।

दालमा वनमाराको हुन्छ औसत नै गुुन
देशमा वनमाराको हमेशा हुन्छ बैगुुन
देशमारा, ज्यानमारा जित्छन् चुनाव-वैभव
मारा मारा मिले पाक्ला देशमा खिचडी अब ।४।

कुुनै ओखरका दाजु पाङ्ग्राका ससुुरा कुनै
भेडाका झुुण्ड छन् कोही च्याङ्ग्र्रा छन् बबुुरा कुुनै
बुुर्जुुवा, हचुुवा जो होस् बनिन्छ खञ्चुुवा जब
मिलेमतो भई पाक्ला देशमा खिचडी अब ।५।

वीर बन्दै कुुनै आए, आए बल गरी कुुनै
भान्से खिचडीको योग्य छैन ‘वीरबलै’ कुुनै
‘बीर’ चाहिँ निकै होलान् नाराका नरपुुङ्गव
नाराका भरमा पाक्ला देशमा खिचडी अब ।६।

हल्लिने सिमजस्ता छन् मसिना दल दल्दल
बाठाले भासमा ठोक्छन् किलो जो हुुन्छ दुुर्बल
छलले बलले डुब्लान् निकै दुुब्ला किला जब
देखिन्छ सजिलै पाक्ने देशमा खिचडी अब ।७।

बालेर धिप्धिपे आगो ‘बीर’ बस्तछ पासमा
अग्लोमा छ कसौंडी र राप लाग्दैन खासमा
पारिबाट ठूलो आगो सल्काए बन्छ सम्भव
नत्र के पाक्नसक्ला र देशमा खिचडी अब ! ।८।

०००
०७९/०८/१५

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेताहरू !

नेताहरू !

खोलाघरे साहिँलोे
असह्य

असह्य

खोलाघरे साहिँलोे
हामीले अब माथि…

हामीले अब माथि…

खोलाघरे साहिँलोे
लुकेसरि बेहुलीले

लुकेसरि बेहुलीले

खोलाघरे साहिँलोे
बुख्याँचा

बुख्याँचा

खोलाघरे साहिँलोे
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला