खोलाघरे साहिँलोेबारी र बुुख्याँचाहरू
बाँकी बुख्याँचाहरू स्वाभाविक धर्मनिर्वाह गर्दैे ब्वाँसाहरूको ढुकाइ र हुँडारहरूको घेराबन्दीमा बारी रुँगेको अर्थमा विद्रूप उभिइरहेका छन् ।

बारीभरि बाक्लै उभ्याइएका
बुख्याँचाहरू
वर्षौंदेखि मूर्तिवत् उभिइरहेछन् ।
शुुरुमा
ब्वाँसाहरूले
बुख्याँचाहरूलाई
बारी र बालीको सुुरक्षार्थ खटेका
मान्छेकै जमात देख्छन् ।
दक्षिणी हावाको प्रभावमा
हुुईँहुईँ हल्लिएका बुुख्याँचाहरू
पश्चिमा हावाको तोडमा
आफूलाई उभ्याउन नसकेर
फटाफट ढल्दै जान्छन् ।
बुख्याँचा ढलेर सोत्तर भएकालाई
कसैले “होलीवाईन” को सञ्जीवनी
छर्किदिन्छ, पियाइदिन्छ अमृतथोपा
अनि त बुुख्याँचाहरू
सजीव मान्छेजस्तै
सास फेर्छन्, हिंडडुल गर्छन् ।
ब्वाँसाहरू पछाडि बसेर
बुुख्याँचाको गुुदा कन्याएर
फकाउने रणनीतिमा
पछाडिपटि ढुुक्छन्
हुँडारहरू घेरा हालेर
मोर्चा बनाउँछन् ।
हुँडारहरूको घेराबन्दीबाट
उम्किएको अर्थमा
कतिपय सजीव बुुख्याँचाहरू
कालीगण्डकीमा पुुगेर
सामुहिक आत्मदाह गर्छन् ।
बाँकी बुख्याँचाहरू
स्वाभाविक धर्मनिर्वाह गर्दैे
ब्वाँसाहरूको ढुकाइ र
हुँडारहरूको घेराबन्दीमा
बारी रुँगेको अर्थमा
विद्रूप उभिइरहेका छन् ।
०००
०७९/०८/२८
Subscribe
Login
0 Comments
Oldest







































