सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बारी र बुुख्याँचाहरू

बाँकी बुख्याँचाहरू स्वाभाविक धर्मनिर्वाह गर्दैे ब्वाँसाहरूको ढुकाइ र हुँडारहरूको घेराबन्दीमा बारी रुँगेको अर्थमा विद्रूप उभिइरहेका छन् ।

Nepal Telecom ad

बारीभरि बाक्लै उभ्याइएका
बुख्याँचाहरू
वर्षौंदेखि मूर्तिवत् उभिइरहेछन् ।

शुुरुमा
ब्वाँसाहरूले
बुख्याँचाहरूलाई
बारी र बालीको सुुरक्षार्थ खटेका
मान्छेकै जमात देख्छन् ।

दक्षिणी हावाको प्रभावमा
हुुईँहुईँ हल्लिएका बुुख्याँचाहरू
पश्चिमा हावाको तोडमा
आफूलाई उभ्याउन नसकेर
फटाफट ढल्दै जान्छन् ।

बुख्याँचा ढलेर सोत्तर भएकालाई
कसैले “होलीवाईन” को सञ्जीवनी
छर्किदिन्छ, पियाइदिन्छ अमृतथोपा
अनि त बुुख्याँचाहरू
सजीव मान्छेजस्तै
सास फेर्छन्, हिंडडुल गर्छन् ।

ब्वाँसाहरू पछाडि बसेर
बुुख्याँचाको गुुदा कन्याएर
फकाउने रणनीतिमा
पछाडिपटि ढुुक्छन्
हुँडारहरू घेरा हालेर
मोर्चा बनाउँछन् ।

हुँडारहरूको घेराबन्दीबाट
उम्किएको अर्थमा
कतिपय सजीव बुुख्याँचाहरू
कालीगण्डकीमा पुुगेर
सामुहिक आत्मदाह गर्छन् ।

बाँकी बुख्याँचाहरू
स्वाभाविक धर्मनिर्वाह गर्दैे
ब्वाँसाहरूको ढुकाइ र
हुँडारहरूको घेराबन्दीमा
बारी रुँगेको अर्थमा
विद्रूप उभिइरहेका छन् ।

०००
०७९/०८/२८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेताहरू !

नेताहरू !

खोलाघरे साहिँलोे
असह्य

असह्य

खोलाघरे साहिँलोे
हामीले अब माथि…

हामीले अब माथि…

खोलाघरे साहिँलोे
लुकेसरि बेहुलीले

लुकेसरि बेहुलीले

खोलाघरे साहिँलोे
बुख्याँचा

बुख्याँचा

खोलाघरे साहिँलोे
पुरस्कार

पुरस्कार

नवराज कार्की
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
अहम् !

अहम् !

जयदेव गाेविन्द
आऊ, हामी तानातान गरौँ !

आऊ, हामी तानातान गरौँ...

जीवनाथ अधिकारी