साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धि भ्रष्ट हुँदा

तर कुर्सीमा त अर्कै पो विराजमान भै सकेछ्न् । उनको भाषा यस्तो थियो- तुम लोग अपना अपना डम्फु बजाओ नहि है तो गाँड कोराकोर करके मरो तुम्हारा चर्तिकला देखकर ये तो मैने ले लिया ।

Nepal Telecom ad

अलि जिब्रो लट्याङ्ग्र्रो भएर केही हुन्न । चौँरीको छुर्पी चपाएपछि फट्याङ्ग्र्रो जस्तो फुत्त फुत्किएर फुर्ति लाउँदै फतौरेलाई फूल अर्पण गर्दै मन्त्र भन्न भ्याइहाले-
नमो ओलि नमो बोली नमः स्वणर्मयि कद
वसन्त विष्णु सहिताय मन्त्री कुर्सी नमोनमः
सर्पदंश हुँदै हुन्न गोलखाडी गए सबै
घण्टी बज्ला अलि अलि खाँदौ रुवा कर्ण भरी ।

यति सुनेर गजधुम्मे गणेशले शिव पार्वतीलाई फन्को मारेर कुमारसँग बाजी मारे जस्तै न ठहरियो । बोलीमा गोलीको पर्रा छुटी हाल्यो-
खण्डग्रास भवेत सूर्य भाग्नेले खै के के भुले
प्रधानमन्त्री निमितार्थ संभवामी युगे युगे ।

उता चिलाउनेको हलोसँगको मितेरी पनि कम मापाको छैन । चोरले चोरलाई नै चोर भनेर नेपालीको कानको कानेगुजी कोट्याउन सक्ने, घरबुना ढाका टोपी र सिस्नुको पाटको कोट के कम र ? फ्याट्ट मुख फोरि हाले-
नमो जुवा नम सैलो फाली ठेडी नमोनम
भागमा पर्नु नै पर्छ गृहमन्त्री ठूलो दम ।

अर्को कोठामा गुरुमन्त्र सुन्न तयार वटुक झैँ बसेका, हँसिया र घनले जनताको टाउको ठोसेका, वाटरम्यानकै पालाको निब दोब्रिएको कलम गोजीमा भिरेका, कोटेराको फुल चोरी खान पाइन्छ कि ? भनेर रुखको टोड्कामा छिरेका, बिना ढेउवाका महासयहरूले सामुहिक मन्त्र फलाकी हाले-

आशन्न कुर्सीको मोह कसोरी भुलुँ सज्जन
उता सुनिन्छ त्यै कुर्सी भएछ्न सब दुर्जन
कसी गाँंठो उठौँ जागौँ बसी हुन्न गणाधीश
कसि लबेदाको तुनो जागौँ हे ! परमाधीश

कसैको कुम र बुढी औँलाको तालमेल नमिल्ने, कसैको र्‍याल र जिब्रोको लय नमिल्ने, कसैको मुखभन्दा बढी घाँटी खसखसाउने, कसैको हिन्दी नेपाली भाषाको कक्टेल बोल्ने शैली सुनेर सुस्ताएका मनुवाहरू चकटिमै भुसुक्क निदाएछ्न् । त्यही मौका छोप्दै तन्नेरी ताण्डव शुरु भैहाल्यो-
उठ जाग लौरा हो, डोजर चलाउँदै है…
जनता बोलाउँदै पाइप खेलाउँदै
आला हापेर, छाता च्यापेर
रालो हल्लाउँदै
गाई डोर्‍याउँदै …..

जोशिला, ठोशिला, खुसिला खोसिला गीतको भाकाले गगन नै गुन्जायमान भएछ । उँघ्दै गरेका, इजार खुस्किएका, भाते निद्रामा परेका, सबै जर्‍याक जुरुक उठेछ्न् र तीनवटै गुणका मिलेर नाराको पारा मिलाएर स्याँ… स्याँ गर्दै कुर्सीमा विराजमान हुन अघि बढेछ्न । यताका जोशिलाहरू घण्टी बजाउँदै, लौरो ठटाउँदै, छतरी डमरु हल्लाउँदै अघिनै कुर्सी छेउ पुग्न भ्याएछ्न । तर कुर्सीमा त अर्कै पो विराजमान भै सकेछ्न् । उनको भाषा यस्तो थियो-
तुम लोग अपना अपना डम्फु बजाओ
नहि है तो गाँड कोराकोर करके मरो
तुम्हारा चर्तिकला देखकर ये तो मैने ले लिया ।

लु ! अब भन्नुहोस् त पाठकवृन्द यो दशाको वशमा हामी पर्‍यो भने त्रिशुली ताक्नु पर्दैन र ? जोश होइन, होस गरौँ है ल ? इति

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x