सर्म नै नभएपछि
हराए मानवी मूल्य स्वार्थका वशमा परी । क्रोध, ईर्ष्या र धोकामा बज्दैनन् प्रेम बाँसुरी । धर्मले मात्र के गर्नु मर्म नै नभपछि । कर्मले मात्र के गर्नु सर्म नै नभएपछि ।
नाराले मात्र के गर्नु बानी नै नभएपछि ।
धाराले मात्र के गर्नु पानी नै नभएपछि ।।
दिनहुुँ देखिने गर्छन् सभा, गोष्ठी र आसन
कानुनी राज्य हो भन्छौँ देखिन्न है सुशासन ।।
कविता गीतमा हुन्छन् निर्धाका सपनाहरू ।
गानाले मात्र के गर्नु मान्छेको मूल्य होस् बरु ।।
तन्त्र मन्त्र सबै देख्छु मोटा बाक्ला विधानमा ।
पानाले मात्र के गर्नु राज्यको संविधानमा ।।
हराए मानवी मूल्य स्वार्थका वशमा परी ।
क्रोध, ईर्ष्या र धोकामा बज्दैनन् प्रेम बाँसुरी ।।
धर्मले मात्र के गर्नु मर्म नै नभपछि ।
कर्मले मात्र के गर्नु सर्म नै नभएपछि ।।
०००
डोटी, हाल काठमाडौं