साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समानुपातिक वितरण

मौकामा चौका नहाने कमाउने कसो गरी घुम्न रहर छ विदेश लिई आफ्नै श्रीमती । पार्टीको सिद्धान्तमा ठेकेदारको डोजर चल्यो आदर्श बिर्सेर कार्यकर्ता बहुलठ्ठी बन्न थाल्यो ।

Nepal Telecom ad

यौटा चिप्लिएर लड्यो अर्को उछिटिएर पर्‍यो
एउटा मावलीतिरको अर्को ससुरालीको ।
यता काट्यो ऊ रिसाउने उता थप्यो ऊ झर्कने
यो समानुपातिक भनेकै बाठो भान्से अघाउने ।।

सिद्धान्त सिका लगाई खरिद बिक्री वितरण
पशु झैं किनिनु पर्ने कस्तो छ बिडम्बना ।
मोलतोल बढाबढ लिलाम परि छिरेका
संसदमा निदाइ सधैं जनता यिनले पिरेका ।।

कसरी रोकिएला यस्तो स्वार्थी यो वितरण
यौटालाई फकाउन लाग्यो अर्को फ्यानिन्छ झन् ।
श्रीमती राख्नै पर्‍यो आसेपासे नातेदार
ड्राइभरदेखि पालेसम्म परे आफ्नै सेवक ।।

मौकामा चौका नहाने कमाउने कसो गरी
घुम्न रहर छ विदेश लिई आफ्नै श्रीमती ।
पार्टीको सिद्धान्तमा ठेकेदारको डोजर चल्यो
आदर्श बिर्सेर कार्यकर्ता बहुलठ्ठी बन्न थाल्यो ।।

निमुखा भोकै मर्छ भान्से अगतिलो परे
देश कङ्गाल नबनोस् यिनको रजगजले ।
बोल्ने मात्र धेरै छन् काम गर्ने कोही हैन
यिनका चिल्ला भाषणले पेट हाम्रो अघाउँदैन ।।

०००
ओखलढुङ्गा

९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x