साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शासकीय सेरोफेरो

ति जाल बढ्यो छल व्योम चढ्यो । मुख बन्द गरी लुटपाट बढ्यो ।। करका दर उच्च बनेर उठे । जनका घर रिक्त बनेर सुके।।

Nepal Telecom ad

मन ईश्वर छैन अरे यिनको ।
अनि वाक् कटु पोख्छ अरे घिनको ।।
परकै मति सम्मति मान्छ निको ।
यिनको मन देश छुँदैन छिटो ।।०१।।

जनता बहभार भएर ढले ।
अझ दुष्ट र भ्रष्ट बढेर गले ।।
श्रमको फल लुट्दछ सुत्छ उही ।
रुपियाँ जनका सब धुत्छ उही ।।०२।।

जति बोल्छ उठी त्यति लुट्छ लुकी ।
जन साहस मार्दछ त्रास फुकी ।।
छ जुकापन रक्त पिपासु मन ।
अब फ्याँक्न मिलेर गरौँ न प्रण ।।०३।।

अति जाल बढ्यो छल व्योम चढ्यो ।
मुख बन्द गरी लुटपाट बढ्यो ।।
करका दर उच्च बनेर उठे ।
जनका घर रिक्त बनेर सुके।।०४।।।

अघि रिक्त हुने सब पूर्ण बने ।
जनकष्ट बढीकन दिक्क बने ।।
घर सुत्दछ जो खुद मालिक भो ।
श्रम गर्दछ जो खुद रित्तिन गो ।।०५।।

विधि छैन यहाँ नर शून्य बनी ।
विधि चिन्छ र को नर नै नबनी ।।
सब शासक ढाँट चकार बने ।
पशुतुल्य अकृत्य छ कर्म भने ।।०६।।

नर बन्न सकूँ कृत कर्म सिकूँ ।
बहभार कडा दिलका म झिकूँ ।।
हितमाफिक कर्म गरेर उठूँ ।
जन दर्द र कष्ट घटोस् म जुटूँ ।।०७।।

०००
सुम्बेक इलाम-२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x