साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमीलाई दुइ जिउकी देख्ता

आपसमा जुधेका थियौं र मिसिदै छुट्टिँदै गरेका थियौं विस्तार विस्तार एकले अर्कोलाई पल्लो किनारासम्म हुत्याएपछि शरद ऋतुको शान्त खहरेझैं आआफ्ना ठाउँमा उत्रिएका थियौं

Nepal Telecom ad

स्वच्छ सफा स्फटिकजस्तो तिम्रो काञ्चनकायामा
हिजोआज चैतको पालुवा झैं सुनौलो लाली भरिँदै आएको
छनक पाएको छु
अलि बढी नै उत्ताउलिएका बक्षःस्थलहरू
हो कि हो कि झैं
अलि बाक्लिएका नितम्बहरू र
अलि डोलिँदै आएको शरीरले
भित्रभित्रै केही लुकाउँदै आएकी छौ कि
जस्तो लागेपछि शङ्कैशङ्कामा
संझनामा उत्रिन थाल्छन्
ती दिनहरू र ती क्षणहरू
जसमा हामी भेट भएपछि
मन चोरेर एकछिन त्यसै जिस्किएका थियौं
विनाप्रसङ्गका भए पनि
रसिला कुराहरू गरेर
एक छिन त्यसै इतर्रिएका थियौं
अलि बेरपछि नै बोलीको बार नाँघेर
एकले अर्काको भौगोलिक सीमाको अतिक्रमण गर्दै
हातपात गर्न थालेका थियौं
बालीभित्र पसेको चोर साँडेझैं
छेउभित्ता चर्दाचर्दै
ठाउँकुठाउँ छामछुम गर्दागर्दै
कति वेर हो थाहै नपाई
शारीरिक भिडन्तमा उत्रिएका थियौं
अनि हुँदाहुँदै गङ्गा ब्रह्मपुत्रजस्ता
दुइ विशाल नदी बनेर जुरो ठड्याउँदै
आपसमा जुधेका थियौं
र मिसिदै छुट्टिँदै गरेका थियौं
विस्तार विस्तार एकले अर्कोलाई
पल्लो किनारासम्म हुत्याएपछि
शरद ऋतुको शान्त खहरेझैं
आआफ्ना ठाउँमा उत्रिएका थियौं
त्यतिबेर दुबै युद्धका विजेता झैं
मीठो अनुभूति पिएर
आआफैं सन्तुष्ट थियौं
दुबै युद्ध हारेका सिपाही झैं
थकित, गलित र लखतरान थियौं ।

०००
९८४१६४७१८९ नयाँ वानेश्वर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x