प्रमोद अमात्यन रोज डे, न प्रपोज डे !
खासमा नढाँटी भन्ने हो भने हाम्रो ‘लप’ पर्थेन । अल्लारे केटाहरू त्यतिकै केटीसँग आँखा जुध्यो कि, केटीले आएर बोल्यो कि मख्ख पर्थे, मनमा पुलाउ पकाउँथेँ । आँखा जुध्न छोड्यो भने ‘ट्राजेडी’, अहिले जस्तो सिर्फ ब्रेकअप हैन ।

म उहिलेको मान्छे, अहिलेको कुरा खासै जान्दिन । खासमा त्यति चासो पनि छैन । मेरो सक्कली सेतो कपालले पनि त्यही भन्छ, नत्र केश रंगाएर यही जमानाको देखिन खोजिहाल्थेँ नि । यो प्रणय दिवस, प्रेम दिवस कहाँ थियो त हाम्रो पालामा, हाम्रो समाजमा ? यो रोज डे, चकलेट डे, प्रपोज डे त सुनेकै थिएन, देखेकै थिएन । यहीँ अमेरिका आएर सुनेको हो । अहिले त यो चाड नेपालमा पो धुमधामले मनाउँदा रहेछन् । जे होस् देशले प्रगति गरेको छ ।
यो जो ‘प्रपोज डे’ भन्ने छ नि, हाम्रो पालामा के को प्रपोज डे ? प्रपोज नै आमाबाउले गरिदिन्थे । त्यो पनि केटीलाई हैन, केटीको आमाबाउलाई, अनि…? हाम्रो पालामा केटीसँग आँखा जुध्यो कि ‘लप’ पथ्र्यो, केटीले आएर बोल्यो कि ‘लप’ पथ्र्यो । कुनै डे र दिन भन्ने थिएन, चारै मौसम, सातै दिन ‘डे’ थियो; सातैदिन साइत थियो ।
खासमा नढाँटी भन्ने हो भने हाम्रो ‘लप’ पर्थेन । अल्लारे केटाहरू त्यतिकै केटीसँग आँखा जुध्यो कि, केटीले आएर बोल्यो कि मख्ख पर्थे, मनमा पुलाउ पकाउँथेँ । आँखा जुध्न छोड्यो भने ‘ट्राजेडी’, अहिले जस्तो सिर्फ ब्रेकअप हैन । ‘वियोग’ हुन्थ्यो, बिछोड नै हुन्थ्यो, बिजोग नै हुन्थ्यो । वास्तवमा त्यो बिछोड पनि मनको खिचडी पकाईमात्र हुन्थ्यो; वियोगको भ्रम ।
प्रेम याने कि माया पिरतीको मामिलामा गामबेसीका भाग्यमानी । घाँस दाउरा, मेलापात वा गाई बाख्रा चराउँदा पनि माया पिरतीको मौका मिल्ने, रोदी अथवा ‘छोट्टी’ बस्दा होस् वा कतै दोहरी खेल्दा होस् प्रेम अवसर मिलिहाल्ने । मौकाको समय ‘डे’ कसले हेरिबस्छ । मने, त्यता पनि डे भन्ने छैन, थिएन ।
फेरि यो अत्याधुनिक युगमा मानिस त्यत्तिकै रमाउँछन्, ब्रेकअपमा रमाउँछन्, नाच्छन् । ‘मैंने छोड़ दिया, उसे छोड़ दिया…मेरे सैयाँ जी से आज मैंने ब्रेकअप कर लिया’ भन्ने हिन्दी फिलिमको चर्चित गीत नै छ आजकल ।
त्यसैले आजकल त रमाइलो छ-
तिमी लाग तिम्रै बाटो म लाग्छु मेरै
दोबाटोमा छुट्टिन अघि ‘बाई’ भनौँ सँगै
कसलाई के थाहा ? फेरि भेटिन सक्छौँ
कहिँ कतै भेटियौँ भने ’हाई’ भनौँ सँगै ।।
(प्रमोद अमात्य)
हाम्रो त पिरेम नै बिहेपछि मात्र बस्यो, पिरेम जो बसेपछि, जानेर नजानेर सबैखाले डे पनि मनाइयो होला, पिरेममा पिरेम गीत पनि फुर्यो-
जीवनको हर यात्रामा साथ तिमी हिँड्नु
उकाली र ओरालीमा हात तिमी दिनु
कहीँ कतै हराएँ भने खोज्न तिमी आउनु
कहीँ कतै बिराएँ भने माफ तिमी दिनु
लड्न खोजेँ कतै भने थाम्न तिमी आउनु
हिँड्दा हिँड्दै थाकेँ भने सुस्ताउँदा आउनु
जीवनको हर यात्रामा साथ तिमी हिँड्नु
उकाली र ओरालीमा हात तिमी दिनु ।।
(प्रमोद अमात्य)
पिरेम गीत फुर्न पनि तिथि, मिति, साइत वा डे केही चाहिएन । त्यसैले
न रोज डे, न प्रपोज डे
मलाई मन पर्ने फ्राइडे ।
फ्रइडे त शुक्रबारे गन्थन लेख्नु पर्यो नि, मखुला पासा ?
०००
अमेरिका









































Promod jsir : madam ko comment ?