साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधिकारी गान, भ्यालेन्टाइनको सान

धेरै बजेट यताउता फाइल लुकाइ दिने झन्झट दिग्दार जनतालाई सँधै झुकाइ दिने पाइलै पिच्छे बिछ्याएर अविश्वासको माइन सिङ्गापुर पो हिडें हजुर ! मान्न भेलेन्टाइन् ।

Nepal Telecom ad

अलिकति प्रशासनिक खर्चबाट चोरें
फर्जी योजनाको किताब यताउति कोरें
मैले पनि आफन्तलाई देखाईंदिएँ पाईन
सिङ्गापुर पो हिंडें हजुर ! मान्न भेलेन्टाइन् ।

जनप्रतिनिधि पनि कस्तो पाक्या केरा
डिपिआर र खरिद बिक्री कमिसनको घेरा
मेयर सा’बलाई लगाकै छु खाली चेकमा साइन
सिङ्गापुर पो हिंडें हजुर ! मान्न भेलेन्टाइन् ।

सानतिना फाइल साइल डाँडा कटाइ दिन्छु
निउँ खोज्नेलाई सौरातिर लगि चटाइ दिन्छु
तीस हजारको जागिर मेरो लाखको खाइनपाइन
सिङ्गापुर पो हिंडें हजुर ! मान्न भेलेन्टाइन् ।

राजश्व र भन्सार राम्रो भन्थें पैले पैले
पालिकामै मस्ती भा’छ आफूलाई ऐले
नेतातिरै तेर्सीहाल्छ धारे हातको लाइन
सिङ्गापुर पो हिंडें हजुर ! मान्न भेलेन्टाइन ।

धेरै बजेट यताउता फाइल लुकाइ दिने
झन्झट दिग्दार जनतालाई सँधै झुकाइ दिने
पाइलै पिच्छे बिछ्याएर अविश्वासको माइन
सिङ्गापुर पो हिडें हजुर ! मान्न भेलेन्टाइन् ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x