साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला- ७)

यी एकैपल्ट हाम्रा विविध विषयका पूर्ण हुन्नन् विवाद पुग्छन् सङ्कल्प राख्दा समय परिधिमा भन्छ देवीप्रसाद !!

Nepal Telecom ad

सङ्कल्प राखौँ भन्छ देवीप्रसाद !!

जेठा बा सोच्न छाडौँ परपर तिरका मात्र चिन्ता अनेक
आफ्नो सोचौँ थलामा सुखतह तरिका,हात पर्छन् विवेक
के गर्दैछन् अरूले सबजन सँगमा हुन्छ आफ्नै कहानी
सच्चा यो जीवनीको अब मनन गरे खुल्छ सङ्लो बिहानी !!
(३१)

सत्ता गर्दै छ आफ्नै कसरत थलमा योजना छन् विशाल
खाका कोर्दै छ हेरौँ झलमल भव यो पार्नसक्ला कमाल
भोका नाङ्गा भनेका अघिपछि,जहिल्यै देखिने हुन् धरामा
लाग्दै छन् न्यायकर्ता अघिअघि बहुधा कार्यका साधनामा!!
(३२)

साथी सामीप्य हिँड्ने सकल हजुरका बाल्यवेला छँदाका
काट्छन् संसार बुझ्दै दिनकर रसिला याम जो वृद्धताका
प्यारो हो वृद्धवेला कद छ गहकिलो ज्ञानको हो भँडार
मिल्छन् सम्मान गाथा समय समयमा मान्नुपर्दैन हार !!
(३३)

आफ्ना सान्निध्य खेल्ने अनुजमन भुरा मित्रझैँ मान्नुपर्छ
मायाका सार हुन्छन् मृदुल हृदयमा भव्य आदर्श झुल्छ
सोध्छन् केही पुराना विषय विविधता ज्ञान साझा गरिन्छ
सुन्ने हो राय त्यस्तै कुमुद मगजका शान्त मस्तिष्क बन्छ
(३४)

बन्दै छन् नीति केही छुटफुट भवमा वृद्धवृद्धा निमित्त
छन् त्यस्तै जो अपाङ्गा जनमन सँगमा सूक्ष्म आरक्ष चित्र
यी एकैपल्ट हाम्रा विविध विषयका पूर्ण हुन्नन् विवाद
पुग्छन् सङ्कल्प राख्दा समय परिधिमा भन्छ देवीप्रसाद !!
(३५)

(क्रमश:)

०००
२०७९/१०/७
ताप्लेजुङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x