साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बानी छ राष्ट्रघाती

नेपाल छैन चोखो, भोको छ चोक गल्ली, दुख्दै मरेर जान्छन्, मान्छे भयो बिचल्ली, ठग्दै कमाइ गर्छन्, आफ्ना दुखाइ राति, खोला किनार मिच्ने, बानी छ राष्ट्रघाती ।

Nepal Telecom ad

चस्मा भए छ दोषी, आँखा खुशी हुँदैन
मान्छे कहाँ छ जाती, मर्दा दिलै छुँदैन
नेपालको छिमेकी, गर्दैन बात जाती
खोला किनार मिच्ने, बानी छ राष्ट्रघाती ।।

होली नखेल नेता, झोली भरेर हुन्न
देशै भयो बिरामी, खोली तरेर हुन्न
टोपी हिमाल हाम्रो, राख्छौं नि माथ माथि
खोला किनार मिच्ने, साथी छ राष्ट्रघाती ।।

के व्यङ्ग्य गर्नु तिम्रो,काहीं छुँदैन भित्र
पैसा गनेर साथी, किन्ने भयौ कि मित्र
बेसी र फाँटमा छन्, उब्जाउँ भूमि साथी
खोला किनार मिच्ने, बानी छ राष्ट्रघाती ।।

सारा नदी र खोला, तिम्रा सबै हुँदैनन्
लोभी छ नेत्र तिम्रो, विश्वासले छुँदैनन्
पाखा मुनाल नाच्ने, मान्छे छ चार जाती
खोला किनार मिच्ने, बानी छ राष्ट्रघाती ।।

नेपाल छैन चोखो, भोको छ चोक गल्ली
दुख्दै मरेर जान्छन्, मान्छे भयो बिचल्ली
ठग्दै कमाइ गर्छन्, आफ्ना दुखाइ राति
खोला किनार मिच्ने, बानी छ राष्ट्रघाती ।।

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x