साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदरहरू

आफ्नो स्वार्थका लागि बाँदरहरू ङिच्च हाँसे झैँ गर्छन् घरभित्र पसी कुम्लोकाम्लो कस्छन् नारा लगाउँदै जान्छन् ख्याक्क गर्छन् सर्वस्व सक्छन् बाँदरहरू अचेल किन यसो गर्छन् ?

Nepal Telecom ad

ऊ परबाट आउँदै छन्
बेरङ्गी बाँदरहररू
कोही राता छन्
कोही सेता छन्
कुनै धुस्रे छन्
कुनै फुस्रे छन्
भाँच्दै मकैका घोगा
खोस्दै भातका भाँडा
कन्याउँदै लुतो लागेको शरिर
निमोठ्दै पात र पालुवा
घरका छाना उघार्दै
कोही ध्वाँसीबाट छिर्छन्
कोही झ्यालबाट चिहाउँछन्
घरी यता उफ्रन्छन्
घरी उता उफ्रन्छन्
घाउका खाटा बल्झाउँदै
नुनचुक छर्छन्
मुटुमै दुखाउँछन्
बाँदरहरू भोका छन्
जति खाए पनि अघाउँदैनन्
उपद्रो गर्छन्
लुछाचँुडी गर्छन्
कहिले खुट्टा टोक्छन्
कहिले उफ्रन्छन्
सडकमा नारा लाउँछन्
मसाल बाल्छन्
बाँदरहरू क्रान्तिकारी भएका छन्
पुत्ला दहन गरेर
जिउँदै मान्छेको किरिया गर्छन्
मिलेर बसे रिसाउँछन्
वाद विवादमा खुसी हुन्छन्
बाँदरहरू
कहिले प्लेन चढेर आउँछन्
कहिले दागा धडेर आउँछन्
बल्छी थाप्छन्
गांैडा ढुक्छन्
रूखका हाँगामा चढेर
चचहुई गर्छन्
आफ्नो स्वार्थका लागि बाँदरहरू
ङिच्च हाँसे झैँ गर्छन्
घरभित्र पसी कुम्लोकाम्लो कस्छन्
नारा लगाउँदै जान्छन्
ख्याक्क गर्छन्
सर्वस्व सक्छन्
बाँदरहरू अचेल किन यसो गर्छन् ?

०००
ओखलढुङ्गा
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x