सुलसुलेप्रज्ञा प्रतिष्ठानमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस
प्रमुख अतिथि मन्त्री किरातीले मातृभाषासम्बन्धी विचारगोष्ठी तथा कविता वाचन कार्यक्रमको समुदघाटन गर्नुका साथै भाषाविद् एवम् स्रष्टा डा.गोपाल ठाकुरद्वारा रचित ‘सहज भोजपुरी बर्तनी’ कृतिको सार्वजनिक गर्नुभयो ।

काठमाडौँ, फागुन ९, २०७९ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथि मन्त्री किरातीले मातृभाषासम्बन्धी विचारगोष्ठी तथा कविता वाचन कार्यक्रमको समुदघाटन गर्नुका साथै भाषाविद् एवम् स्रष्टा डा.गोपाल ठाकुरद्वारा रचित ‘सहज भोजपुरी बर्तनी’ कृतिको सार्वजनिक गर्नुभयो ।
यस अवसरमा उहाँले अथाह प्राज्ञिक सम्भावना बोकेको नेपाल प्रज्ञाप्रतिष्ठान सबै भाषाभाषी र स्रष्टाहरूको साझा थलोको रूपमा स्थापित गर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले सबै स्रष्टाहरूको अपनत्वबोध हुने गरी आफूले कार्ययोजना अघि बढाउने बताउनुभयो ।
त्यसैगरी उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले मातृभाषाको महत्वलाई इङ्कित गर्दै कविता वाचनसहित स्वागत मन्तव्य दिनुभयो । यस क्रममा प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले मातृभाषा सबैको साझा सम्पति भएकाले संरक्षण र सम्वर्द्धनमा तत्पर रहेको बताउनुभयो । त्यसैगरी, प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा मातृभाषा विभाग प्रमुख राजन मुकारूङले मातृभाषाको विकास, उन्नायन, ज्ञान र अनुभवको साटासाटा अनिवार्य रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठान प्राज्ञ सभाका सदस्य डा.तारामणि राईले मातृभाषा विषयक कार्यपत्र प्रस्तुत गर्दै मातृभाषाको संरक्षण र संम्वर्द्धन गर्न सरकारले राष्ट्रिय गौरवको योजना अघि बढाउनुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आयोजित कार्यक्रममा सुरेश किरण, मेकबहादुर रानामगर, कोपिला माझी, लक्ष्मी एडी, सोनाम शेर्पा, सपना ताजपुरिया, कुमारी थामी, रमा कुमाल, शारदा किरात सुनुवार, रचना तामाङ, अर्जुन खालिङ, सरना उराँव, आलोक तिवारी, प्रियङ्का पाण्डे, परशु विराट र मनिषा राजवंशीले कविता वाचन गरेका थिए । कार्यक्रमको उद्घोषण राधा कार्कीले गर्नुभएको थियो ।
०००
– चेतनाथ धमला
Subscribe
Login
0 Comments
Oldest












































